Logo

प्रमुख समाचार

आरजुलाई पहिलो वरियता दिएकोमा रञ्जित कर्णको आपत्ति



नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद रञ्जित कर्णले पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणालाई नीति तथा प्रशिक्षण प्रष्ठिानको सदस्यहरुको सूचीमा एक नम्बर वरियतामा राखिएकोमा आपत्ति जनाएका छन् ।

सभापति देउवालाई पत्र लेख्दै नेता कर्णले सो प्रतिष्ठानमा ३८ जना सदस्यहरु थप गर्नेक्रममा सूचीको पहिलो नम्बरमा सभापतिको पत्नी भएकै कारणले आरजुको नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उपसभापति एवं प्रतिष्ठानका प्रमुअ विमलेन्दै निधिले शुक्रबार प्रतिष्ठानमा ३८ जनालाई मनोनित गरेका थिए ।

कांग्रेसका पुराना र सिनियर नेताहरुलाई पनि पार्टी कार्यालयद्वारा संप्रेषित सूचीमा आरजुभन्दा तल्लो वरियतामा राखिएको थियो । कर्णले आफूले सभापतिलाई पठाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका छन् । उनले सो सूची सच्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।