Logo

प्रमुख समाचार

घरघरमा पुगेर जनताको काम गर्न कार्यकर्तालाई देउवाको कडा निर्देशन



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिएका हुन् ।

सभापति देउवाले पार्टीमा गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिए । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिएका थिए । नेपाली कांग्रेस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १३:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।