Logo

प्रमुख समाचार

नयाँ वर्षमा ओलीको पोजले सामाजिक संजालमा तहल्का



झट्ट हेर्दा आधुनिक युवती जस्ती देखिने यी युवती प्रधानमन्त्री सँग निकै ठाँटका साथ पोज दिएर फोटो खिचिरहेकी छिन् । सर्वाधिक व्यस्त रहने देशका कार्यकारी प्रमुख सँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर फोटो खिच्ने यी युवती को होलिन ? सबैलाई चासो हुन स्वाभाविक नै हो ।

धेरैलाई प्रधानमन्त्री निवास छिर्न पाँउनु निकै कठिन कुरा हो त्यसकारण यी युवती केहि विशेष हुन् भन्ने तपाईलाई पक्कै लाग्यो होला । हो उनि खास व्यक्ति नै हुन् । उनि हुन् नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लालबावु पण्डितकी छोरी अर्चना महत पण्डित महत ।

बैशाख १ गते प्रधानमन्त्री केपी ओलीले बिहानै बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम थियो त्यहि कार्यक्रममा मन्त्री पण्डितले आफ्नी छोरी अर्चनालाई पनि लिएर गएका थिए ।

नयाँ बर्षको पहिलो दिन प्रधानमन्त्रीलाई भेटेपछि अर्चनाले पोज दिएर फोटो खिचेकी थिइन् । त्यस बखतको विभिन्न तस्बिरहरु मन्त्री पण्डितले आफ्नो सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।