Logo

प्रमुख समाचार

राप्तीमा विद्यार्थी भर्ना अभियान सुरु



पूर्वी चितवनको राप्ती नगरपालिकामा वैशाख लागेसँगै ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाऔं’ नारासहित विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरण अभियान सुरु भएको नगरपालिकाले जनाएको छ ।

भर्ना अभियान सफल तुल्याउन नगरपालिकाले बुधवार अभिमुखिकरण कार्यक्रम गरी सबै विद्यालयका प्रचार्य, जनप्रतिनिधिलाइ भर्ना अभियान सफल बनाउन आफनो आफनो ठाँउबाट लाग्न आव्हान गरेको छ ।

राप्ती नगर प्रमुखले नगर भित्रका विद्यालय उमेर समुहका कुनैपनि विद्यार्थी विद्यालय शिक्षा बाट वञ्चित हुने अवस्था आउन नदिन सबैले आफनो आफनो स्थानबाट भुमिका खेल्नुपर्न बताइन ।

‘अहिले समाजवादउन्मुख राज्य निर्माणको यस महत्त्वपूर्ण घडीमा शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बरालले भनिन, ‘विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाइले भर्ना अभियानसँगै विद्यार्थीलाई विद्यालयमा टिकाउने र उपलब्धिमूलक ढंगले सिकाइ प्रभावकारी बनाउन प्रचार्यहरुकोे ध्यानाकर्षण गराएका छन । ऋभिमुखिकरण कार्यक्रममा नगर उपप्रमुख इमान सिह लामा, सामाजिक शाखा प्रमुख पुष्पा कुवर, वडाअध्यक्षहरु, शिक्षा शाखा उपसचिव शम्भु पौडेल लगाएतको उपस्थिीति रहेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।