प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनताबाट कर उठाएर आफ्ना
अरिंगाल जस्ता कार्यकर्ताको पालन पोषण गरिरहेको बताएका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर-५ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै देउवाले जनताले ओली सरकारबाट मुक्ति चाहेको दाबी गर्दै संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
सभापति देउवाले भ्रष्टाचार, अनियमिततामा सरकारले सिमा नाघेकोलेओली सरकार धेरै दिन नटिक्ने बताए । उनले आफ्नै कारण सरकार संकटमा पर्दै गएको दाबी गरे ।पार्टी भित्र गुट–उपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउने उनको देउवाले दाबी गर्दै देउवाले जनताको मन जित्न जनताको घर–घर पुग्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकार रित्तो भएको भन्दै पानी जहाज र रेलको सपना देखाएर सरकार हावामा उडेको टिप्पणी गरे ।कार्यक्रममा नेता नरहरि आचार्य, डा. प्रकाशशरण महत, गोबिन्द भट्टराईलगायतका नेताहरुले जागरण अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।




















प्रतिक्रिया