Logo

बैंकिङ

गुराँस लाईफले दियो करेन्ट लागेर मृत्यु भएका चौधरी परिवारलाई १० लाख बिमा भुक्तानी



गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीका चौधरी परिवारलाई १० लाख ७८ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएका सुदूरपश्चिम प्रदेशको धनगढीस्थित जीत बहादुर चौधरीको परिवारलाई सो रकम बराबरको चेक रकम हस्तान्तरण गरेको हो ।

२०७५ साल मा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका ३५ बर्षिय जित बहादुर चौधरीको यसै वर्ष घरमा सरसफाईका लागि पानी मोटर चलाउने क्रममा करेन्ट लागेर असामयिक निधनले भएको थियो ।

कम्पनीले बीमाङ्क रकममा मृत्यु बीमा दावी तथा बोनस समेत थपेर दावी भुक्तानी गरेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रदेश संयोजक तारा सिंह बमले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।