Logo

प्रमुख समाचार

जिल्ला नेतृत्व चयनको विषयमा योगेश भट्टराईले मुख खोले



नेकपाका युवा नेता योगेश भटट्राईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन् । सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअप्नाइएको भन्दै गुटका आधारमा चयन गरिएको बताए ।

‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया गलत भयो । गुटगत स्वार्थ हावी भएको देखियो’ नेता भट्टराइले भने, ‘एकता प्रकृयामा ढिलाइ भइरहेका बेला कमसेकम जिल्ला तहले नेतृत्व पाएको छ । यसको स्वागत गर्नुपर्छ तर प्रकृया चित्तबुझ्दो भएन ।’

उनले सचिवालयको त्यहि निर्णय स्थायी कमिटी हुदै केन्द्रीय कमिटीबाट अनुमोदन गरेर गरेको भए संगठनात्मक पद्धति नमिचिने भन्दै आगामी दिनमा नेताहरुलाई त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।