Logo

प्रमुख समाचार

प्रचण्डलाई बाबुरामले जोकर भनेपछि….



हास्यकलाकार मनोज गजुरेलको कार्यक्रम ढुक्क हुनुस् केहि नहुन्जेल केहि हुदैँन मार्फत नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले आफ्ना पुर्व सहकर्मी हालका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति मनको तितो पोखेका छन् ।

कलाकार गजुरेलले यदि अहिले प्रचण्ड र बावुरामको भेट भयो भने कस्तो कुराकानी होला भन्ने काल्पनिक धरातलमा रहेर आफु प्रचण्ड बनेर बावुराम लाई प्रश्न गरेका थिए । यहि मेसोमा बावुरामले नक्कली प्रचण्ड मार्फत सक्कली प्रचण्डलाई दरो झटारो हानेका छन् ।

प्रचण्ड लाई उनले एउटा मान्छेले सबैलाई सँधै भ्रममा राख्न नसक्ने भनाई रहे पनि प्रचण्डमा भने सबैलाई भ्रममा राख्न सक्ने खुवि भएको बताएका छन् । युक्रेनमा हाँस्यकलाकार राष्टपति बन्न लागेको प्रसंग सुनाउँदै उनले प्रचण्डलाई पनि त्यही बाटोमा लाग्न आग्रह गरे । कार्यक्रमको सुरु र अन्त्य दुवैमा यस प्रसंगलाई बावुरामले निकै जोड दिएर कोर्ट गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।