Logo

समाचार

एनसेलको झेली खेलको पर्दाफास, कार्कीकै लाइनमा भण्डारी



अरबौँ कर छली गर्ने अनी तिर्न पनि अटेरी गरिरहको एनसेलको अर्को झेली खेलको पर्दाफास भएको छ । सर्वोच्च अदालतले पटक पटक लाभकर तिर्नका लागी परमादेश दिइसकको र सरकारले समेत तिर्नु पर्ने कर एक हप्ता भित्र तिर्न एनसेललाई ताकेका गरेको अवस्थामा अब चाँही जालसाँझी नगरिकन एनसेलले कर तिर्ला भन्ने धेरैको अनुमान रहको थियो तर अनुमान विपरित लुट्न पल्किएको उसले कर तिर्नु त कता हो कता उल्टै सर्वोच्च अदालतमा मुद्धा पो दायर गरेको छ ।

एनसेलले लाभकर तिर्नु पर्छ भनेर सवोच्च अदालतमा बहस गर्ने बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले एनसेलले कर नतिर्ने नियतका साथ नै अनेक मुद्धामालीको नाटक गरिरहको भन्दै एनसेललाई कर तिर्न बाध्य पार्ने एक मात्र उपाय कर नतिरुन्जेल एनसेलको सिम बहिस्कार गर्न सबैलाई अपिल गरेका छन् ।

बरिष्ठ अधिबक्ता भण्डारीले १ २ बर्ष सम्म अदालमा मुद्धा चलाउने र त्यो बेलासम्म कर नतिर्ने अनि यो बिषय लाई यत्तिकै सकाउने दाउमा एनसेल रहेकाले उसलाई कर तिर्न बाध्य पार्न सबैले उसको सिम बहिस्कारको अभियान नै चलाउन अनुरोध गरेका छन् ।

यस अघि अभियान्ता नरबहादुर कार्किको नेतृत्वमा जागरुक नागरिकहरुले स्वस्फुर्त एनसेल सिम बहिस्कारको अभियान संचालन गरिरहेका थिए । एनसेल लाई लाभकर तिराउनु पर्छ भन्दै डा. द्धारिकानाथ ढुंगेल र सुकदेव भट्टराई लगायतले सर्वोच्च अदालतमा एनसेल विरुद्ध रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।