Logo

समाचार

प्रधानमन्त्रीले ‘सुन तस्करीको प्वाल बन्द गरिदिएका छौँ’ भनेको भोलिपल्टै रसुवागढी नाकाबाट ७ केजी सुन बरामद



चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ केजी सुन फेला परेको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।

रसुवागढी नाका हुँदै ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा बरामद गरिएको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै सुन तस्करीको सबै बाटाहरु बन्द गरेको दाबी गरेका थिए । ‘अब सुनको तस्करी चल्दैन, जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोतलेर निकालिन्छ’ भनेको भोलिपल्टै सुन तस्करी हुँदै गरेको अवस्थामा ठूलो परिमाणमा तस्करी हुँदै गरेको सुन बरामद भएको हो ।

अहिले तस्करहरुले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउन कमी गरेको भए पनि चीनतर्फको नाका हुँदै ल्याउने क्रम भने रोकिएको छैन ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।