एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार यो आर्थिक वर्षमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले २ करोड ५० लाख तलव सेवा बुझेका छन् । जसअन्तर्गत उनको मासिक तलब निर्धारण गर्दा २ लाख बढी हुन आउँछ । उद्यपी न्यौपानेले उक्त तलबबाट करिब ३६ प्रतिशत भने आयकर बुझाउनुपर्ने हुन्छ ।
अहिले २ करोड ५० लाख बुझेका सिईओ न्यौपानेले अघिल्लो वर्ष २०७५–७६ मा न्यौपानेले २ करोड १३ लाख बुझेका हुन् । जसअनुसार यो तलब एकवर्षमा ३७ लाख रुपैयाँले बढी हो ।
बैंकले उनलाई तलब र बोनस बाहेक सवारी चालकसहितको गाडी लगायतका सुविधा दिएको छ ।
एनआईसी एशिया बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिएको छ ।




















प्रतिक्रिया