प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पाटी नेतृत्वको कारण प्रभावशाली पाटी नेपाली कांग्रेस कहाँ छ भन्ने प्रश्न सबै तिर उठ्न थालेको गुनासो गरेका छन्।
पुर्बी पहाडी जिल्लाको भ्रमणको सिलसिलामा आज धनकुटामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाटी विधान अनुसार चल्नु पर्ने आफ्नो मान्यता रहेको प्रष्ट पारेका हुन् ।
नेता सिंहले महासमितिले गरेको निर्णय केन्द्रीय समितिले काट्ने अधिकार केन्द्रीय समितिमा नरहेको बताए । सोही अवसरमा काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री बलबहादुर केसीले कांग्रेस इतिहासमै कमजोर अवस्थामा रहेको बताउदै शीर्ष नेताहरु मिल्नुको विकल्प नभएको प्रष्ट पारे।
भेलामा पार्टी नेतृत्व प्रति निकै आक्रमण रुपमा प्रस्तुत भएका नेता केसीले कार्यकर्ता समेत लोभ र आतङ्गमा फस्न नहुने धारण राखेका थिए । भेलामा पूर्व मन्त्री राजन केसी पूर्व मन्त्री दीपक खड्का, पूर्व मन्त्री सरिता प्रसाई लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया