Logo

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि मोबाइल प्रहार



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार भएको छ । बन्दूक राख्न पाउने समर्थकको र्यालीमा ट्रम्पलाई निशाना बनाएर एक ब्यक्तिले मोबाइल प्रहार गरेको हो ।

मोबाइल ट्रम्पभन्दा टाढा गएर खसेको थियो । यो कार्यक्रम नेशनल राइफल एसोसिएसन (एनआरए) ले आयोजना गरेको थियो ।

प्रहरीले उक्त युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यो घटनापछि ट्रम्पले बाराक ओबामाको पालामा भएको हतियार ब्यापार सन्धी खारेज गर्ने घोषणा गरे ।

र्यालीमा ट्रम्पले आम मानिसले हतियार राख्ने हक भएको कानुनको समर्थन पनि गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ०५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।