Logo

प्रमुख समाचार

खुलामञ्चका सटरमा डोजर चलेपछि….



महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो ।

पछिल्लाे समय खुल्लामञ्च अतिक्रमण भएकाे भन्दै विराेध भइरहेकाे छ । महनगरले डोजर लगाएपछि व्यापारीको भागाभाग भएको छ । त्यस्तै नेकपा नेता भिम रावलले पनि खुलामञ्च अतिक्रमणको विषयमा विरोध गरेका छन् । उनले खुलामञ्च मेच्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

उनले भनेका छन्, ‘खुला मञ्चमा ब्यापारिक पसल ! बेथिति, कुत्सित स्वार्थको पराकाष्टा । कानूनी शासन र सामाजिक हित र मर्यादाको उपहास ! खुलामञ्च सरकारले तुरून्त खालि गराओस् र मिचेर ब्यापार गर्ने र गर्न दिनेलाई कानूनी कारवाही होस् ।’

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ०८:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।