स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या आजबाट १५ सय नाघेको छ । सोमबार थप २९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ ।
त्यस्तै सोमबार थप १४ सय ७४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् भने नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया