Logo

प्रमुख समाचार

बुवा सँगको तस्बिर पोष्ट गर्दै विजय लामाले लेखे यस्तो भावुक स्टाटस



नेपाल एयरलायन्सका सिनियर क्याप्टेन बिजय लामालाई नागरिक उड्यन प्राधिकरण क्यान ले विवादास्पद अभिव्यक्ति दिएको भन्दै नेपाल वायु सेवा निगमको प्रवक्ताबाट नहटाए सम्म उनको लाइसेन्स सस्पेन्स गरे पछि सिंगो देश तरगिंत भएको छ । क्यानको कदमको चर्को विरोध भएको छ ।

निगमले प्रवक्तको जिम्मेवारीबाट लामालाई मुक्त गरे सँगै उनको लाइसेन्स निलम्बन फुकुवा भएको क्यानका उच्च अधिकारीले जानकारी दिए । यस विच क्यापटेन लामाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै जस्तो जुकै आँधीबेहरी आए पनि आफु विचलित नहुने स्पष्ट पारेका छन् ।आफ्ना बृद्ध बुवा सँगको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन _

‘मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु ! देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु !त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन !!

तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद!
धन्यबाद!!!
जय चन्द्र सुर्य!’

यो पनि पढ्नुहोस् 

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ ।नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लामामाथि लगाएको निलम्बन फुकुवा भएको जनाएको छ ।

प्रवक्ताको जिम्मेवारीमा रहेर लामाले सुरक्षाका दृष्टिकोणले संवेदनशील तर्क दिएको भन्दै सोमबार दिउँसो लामाथि क्यानले निलम्बन गरेको थियो । उनको लाइसेन्स सस्पेन्ड गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार ०३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।