Logo

प्रमुख समाचार

सार्वजनिक जग्गा हडेप्न खोज्नेलाई स्थानियले लखेटे



बुटवलमा सार्वजनिक जग्गा हडेपेर तिलोत्तमा व्यापार संघले शिलान्यास गर्न लागेको सचिवालय भवन स्थानीयले रोकेका छन् ।तिलोत्तमा व्यापार संघले वडा नम्बर ५ मा शिलान्यास गर्न लागेको सचिवालय भवन स्थानीयले विरोध गर्दै रोकेका हुन् ।

संघले भवन शिलान्यासका लागि पुगेका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख (मेयर) वासुदेव घिमिरे स्थानीयको विवाद भएपछि मञ्चमै नपुगी बाटोबाटै फकिएका थिए । स्थानीयले सार्वजनिक जग्गा संघसंस्थालाई हडप्न नदिने भन्दै विरोध जनाएका हुन् ।

यसैबीच लगातार सरकारी जग्गा दुरुपयोगका समाचारहरु बाहिर आइरहँदा रत्नपार्कको जग्गा पनि नियमविपरित मिलेमतो मा भाडामा लगाइएको बुझिएको छ । खुलामञ्च र रत्नपार्कबीचको दुईमाजु मन्दिरको जग्गा गुठी संस्थानले व्यावसायीक प्रयोजनका लागि अनधिकृत रुपमा भाडामा लगाएको पाइएको हो ।

गुठी संस्थानले भीमसेन गाउँपालिका ९ २, गोरखा (हाल तीनकुने काठमाडौं)की अमृता भट्टराईलाई २०७५ मंसिर ९ गते भाडामा दिएको हो ।

एक रोपनी भन्दा बढी क्षेत्रफलको यो जग्गा पाँच वर्षका लागि दिइएको हो । पाँच वर्षपछि अवधी थप्न सकिने सम्झौतामा उल्लेख छ । ‘दुवै पक्षको सहमतिमा सम्झौता अवधी थप गर्न सकिनेछ’, सम्झौतापत्रमा लेखिएको छ ।

गुठी संस्थानले माथिको आदेश भन्दै व्यावसाय सञ्चालनका लागि जग्गा दिएको देखिन्छ । सम्झौतापत्रमा ‘सामान्य व्यावसाय सञ्चालन’ गर्न पाउने उल्लेख छ ।

सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नगरी खरिदबिक्री वा जग्गा भाडामा लगाउनु आर्थिक अपराध हो । संस्थानका प्रवक्ता सरोज थपलियाले मन्दिर रेखदेख गरिरहेकी भट्टराईलाई तलब वृद्धिको सट्टा जग्गा भाडामा दिएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०४:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।