Logo

समाचार

काठमाडौंमा बुधबार शक्त्तिशाली हावाहुरीसहित वर्षा



काठमाडौंमा बुधबार साँझ हावाहुरीसहित भीषण वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा शक्त्तिशाली हावाहुरीसहित वर्षा भएको हो ।विगत केही दिन यता गर्मी बढेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।

बुधबार मात्रै महाशाखाले बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात‘फानी’ विस्तार उत्तर–पश्चिम तिर अघि बढिरहेको जनाएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात ‘फानी’ शुक्रवार अपराह्नपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर– उत्तर पूर्व जाने क्रममा रहेन पूर्वानुमान गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।