Logo

प्रमुख समाचार

कम्युनिष्टहरुले दुई तिहाईको दम्भमा निषेधको राजनिती गरेर कांग्रेससंग मुठभेड निम्त्याए : डा. शेखर कोइराला



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्र देखी वडा सम्म निषेधको राजनिती गरेर कांग्रेससंग मुठभेड निम्त्याएको बताएका छन्। कोइरालाले आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनी सरकार दुई तिहाईको दम्भले अगाडी बढिरहेको बताए।

सरकारको दम्भले सिमाले नाघेको बताउदै अब कांग्रेस चुप लागेर नबस्ने पनी बताएका छन् । कम्युनिष्टहरुको ज्यादतीका बिरुद्ध लड्ने समय आएको बताउदै कोइरालाले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।

नेपाली कांग्रेस भुम्लु गाउॅपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई संबोधन गदै डा. कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहेपनी कम्युनिष्टका बिरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनी बताए।

पार्टीको १४ औं महाधिवेशन समयमै हुनुपर्नेमा पनी शेखर कोइरालाले जोड दिए। कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु प्रदिप पौडेल, बहादुरसिंह तामाङ्, शिब हुमागॉई र काभ्रे कांग्रेसका सभापती मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताए।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार ०३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।