Logo

प्रमुख समाचार

सरकारी कर्मचारीलाई खुसीको खबर, तलब बढ्ने संकेत



सरकारले आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने सकेत दिएको छ ।शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भनिएको छ ।

यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन । किनकी पछिल्ला दुई वर्ष सरकारले कर्मचारीको तलब बढाएका छैन तर, भत्ता बढाएको थियो ।

यसैबीच सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ ।संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन् ।

गत वर्ष भत्ता बढेको थिएन । वृद्धभत्ता बढाएर मासिक पाँच हजार पुर्‍याउने चुनावका बेला भने पनि सरकारले गत वर्ष बढाएको थिएन ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।