Logo

प्रमुख समाचार

माओवादीका पूर्वसभासद यादवसहित २ सय कांग्रेसमा प्रबेश



तत्कालिन माओवादीका सभासद इन्द्रवती यादवसहित २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कपिलवस्तुको मायादेबी गाउपालिको डुमरामा आयोजना गरेको कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आइतबार डुमरामा भएको भब्य कार्यक्रमकाबीच नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार सरकार गफमा मात्रै सफल र काममा बिफल भएको बताएका छन् ।

उनले दुई तिहाई सरकारको एक बर्षको समय हावादारी गफ र गलत प्रचारमै बितेको बताए । महामन्त्री कोइरालाले अबको चार बर्ष पनि केपी ओलीले हावादारी गफ गरेरै समय विताउने प्रष्ट पारे ।

सम्बोधनका क्रममा महामन्त्री कोइरालाले सरकारले जनतालाई पुरा नर्ग नसक्ने सपनाको पोका बाँडेको बताए । किसानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजको कुरा गर्नु हास्यास्पद रहेकोमा जोड दिए ।

उनले अर्को पटक निर्वाचनमा कांग्रेसको जीत हुने उल्लेख गर्दै भने ‘ कांग्रेसलाई कसैले हराउन सक्दैन तर कांग्रेसमा साचो एकता हुनुपर्छ’ । उनले कांग्रेसलाई कांग्रेसी बाहेक अरु कसैले हराउन नसक्ने भन्दै गुट र उप गुट अन्त्य गर्नु पर्ने उनको भनाइ छ ।

२०४८ साल पछि कांग्रेस १५ र एमाले १३ बर्ष सरकारको नेतृत्व गरेको र कांग्रेसको पालामै सडक पुल विश्वविद्यालय, स्वास्थ्य लागतयका क्षेत्रमा फडको मारेको कोइरालाको भनाइ थियो ।

उक्त कार्यक्रममा केंद्रीयसदस्य तथा प्रमुख सचेतक बालकृष्णा खाँड़, पूर्वमन्त्री दीप कुमार उपाध्याय, पूर्व मन्त्री दिपक गिरी, केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल, अफताव आलम, जिल्ला पार्टी सभापति एवं पूर्व राज्य मन्त्री सुरेन्द्रराज आर्चाय लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुभाकर पाण्डेय, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय, नेविसंघ पूर्व उपाध्यक्ष सागर परियार महामन्त्री कुन्दनराज काफ्ले लयायतले धारणा राखेका थिय ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।