Logo

समाचार

कोटेश्वरमा बम भेटिएको भन्दै भागाभाग



एक्कासी कोटेश्वर मा कालो प्लाष्टिक भित्र शंकास्पद बस्तु भेटिए पछि बम भएको भन्दै भागाभाग भएको छ । एउटा कालो प्लास्टिकमा शंकास्पद बस्तु देखिएपछि त्यसबारे बुझ्न आर्मीको टोली त्यहाँ पुगेको छ ।

प्रहरीका अनुसार शंकास्पद बस्तु बम हो वा अन्य केही हो भनेर अहिलेसम्म थाहा पाउन सकेको छैन् । बानेश्वरदेखि कोटेश्वरसम्मको सडक पूरै जाम छ ।

अहिले त्यहाँको ट्राफिक व्यवस्था पूरै भद्रगोल छ । प्रहरीका अनुसार त्यसबारे विस्तृत जानकारी आउन बाँकी छ । ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ति व्यहोरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।