नवगठीत समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्ने बताए।
‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन,’ भट्टराईले भने, ‘संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं।’
भट्टराईले प्रदेश नम्बर दुईमा रहेको आफ्नो पार्टीको सरकारलाई ढाल्ने प्रयास भए पनि त्यो सफल नहुने बताए। भट्टराईले आफूहरूले च्याँखे थाप्नका लागि नभई परिवर्तन गर्न पार्टी बनाएको तर्क गरे ।
एक सिटे बावुरामको यस्तो छ प्रधानमन्त्री हुने मास्टरप्लान
बैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विच एकिकरण हुने लगभग निश्चित भए सँग नेपाली राजनितिमा त्यसले नयाँ तरंग सिर्जना गरेको छ ।
प्रतिनिधि सभामा जम्मा एक सिटको प्रतिनिधित्व गर्ने बावराम भट्राईको नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता समेत प्राप्त गर्न सकेको छैन ।उनि स्वतन्त्र हैसियतमा रहेका छन। केपी ओली नेतृत्वको बर्तमान सरकारमा उप प्रधानमन्त्री सहितको २ मन्त्रालय लिएर सत्ताको स्वाद चाखिरहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम विच एकता भएपघि वर्तमान राजनितिक शक्ति सन्तुलनमा यसले कस्तो असर पार्न सक्छ भन्ने विश्लेषण सुरु भएको छ ।
विश्वस्त स्रोतका अनुसार अहिलेलाई बावुराम र उपेन्द्र दुवैलाई अध्यक्ष बनाएर जाने जसमा बावुरामलाई बरिष्ठ र उपेन्द्रलाई कार्यकारी अध्ृयक्ष बनाउँने गरि दुई पार्टी विच सहमती भएको बुझिएको छ। स्रोतका अनुसार दुई पार्टी विच एकिकरण भए पश्चात फोरम सरकार बाट बाहिरिएर राजपा सहितको नयाँ एकिकृत पार्टी विच एकताको पहल गरिने छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले तराइमा आफ्नो गतिविधी बढाउँदै लगेपछि फोरम र राजपा दुवै लाई आफ्नो शक्ति जोगाउँन दवाव परेको छ । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार तत्कालै राजपा र फोरम विच एकिकरणको प्रयास भएपनी सम्भव नभएकाले बावुराम सहितको पार्टी एकताका लगी डिजाइन भएको छ ।
३ वटा पार्टी एक भैसके पछि सत्तारुढ नेकपाको असन्तुष्ट समुह भिम रावल या बामदेव गौतमलाई फुटाएर काग्रेस सँग मिलि बावुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बनाउँने र केपी ओलीलाई देखाइदिने योजना अनुरप फोरम र नयाँ शक्ति एकताको तुरुप बाहिर आएको चर्चा चलेको छ ।
यसैबीच संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकिकरण भएर बनेको समाजवादी पार्टी नेपालले जम्बो पदाधिकारी बनाएको छ ।सोमवार काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा गर्दै पदाधिकारी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पदाधिकारीको नाम घोषणा गरेका हुन् । पार्टीको वरिष्ठ नेतामा अशोककुमार राई र सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठलाई घोषणा गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई लगायत छन् ।
महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दवा, रामसहायप्रसाद यादव चयन भएका छन् । उपमहासचिव डम्वर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी छन् ।
सचिवमा मोहम्बद इस्तियाक राई, दुर्गा सोभ, परशुराम बस्नेत र प्रशान्त सिंह छन् । कोषाध्यक्षमा २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादव चयन भएका भट्टराईले जानकारी दिए ।




















प्रतिक्रिया