Logo

अन्तर्वार्ता

अब कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउन हामी लागिरहेका छौं : पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका सबै नेता राम्रा छन् भनेर आफूले दाबी नगर्ने बताउँदै भने,‘वी.पी.को आचरणमा सबै हिँडेका छन्, निष्ठा र साधकीमा सबै छन् भन्ने पनि मलाई लाग्दैन् । तर पनि धेरै वी.पी.को बाटोमा हिँड्ने कार्यकर्ताहरु छन् । तर वी.पी.कोइरालाको आदर्शलाई नै नेपालको लोकतन्त्र साकार पार्ने, नेपाली जनतालाई तिनै आदर्शअनुसार एउटा सम्मानीत व्यक्तित्वका रुपमा निरन्तर समाजलाई बाटो देखाउन वी.पी. कोइराला लाग्नुभएको थियो ।’ 

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अघि भनेका छन,‘पार्टीभित्र कहिलेकाँही झगडा हुन्छ । कहिले नेतृत्व गलत ठाउँमा पनि पर्नसक्छ । त्यसले गर्दा यसपालि कांग्रेस थोरै पछाडी परेको हो तर हाम्रो पार्टी फेरि अहिले नेपालको राजनीतिमा नेपाली जनताले विकल्पको रुपमा शक्ति नेपाली कांग्रेस नै हो । यो नेपाली जनताको भरोसाको केन्द्र बनाउन हामी अब लागिरहेका छौँ ।’ प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

धेरै किसिमको कमी कमजोरीहरु छन् नि त, कांग्रेस पार्टीभित्र ?

अब हामी १४औँ महाधिवेशनमा पार्टीलाई गतिशील बनाएर अगाडि बढाउछौँ ।

आज वी.पी. कोइरालाको जन्मजयन्ती । वी.पी. कोइरालाको सम्मानको कुरा गर्दाखेरि तपाईहरु कहाँ हुनुहुन्छ ?

वी.पी. नेपालमा लोकतन्त्र, लोकतान्त्रिक समाज साकार पार्ने व्यक्ति हुन् ।

वी.पी. कोइरालाको नीति, विचारअनुसार नेपाली कांग्रेस अगाडि बढेन ? नेपाली कांग्रेसमा यतिखेर व्यक्तिगत स्वार्थीहरुको हाबी छ, किन यस्तो भईरहेको छ त ?

नेपाली कांग्रेसका सबै नेता राम्रा छन् भनेर म दाबी गर्दिनँ । वी.पी.को आचरणमा सबै हिँडेका छन्, निष्ठा र साधकीमा सबै छन् भन्ने पनि मलाई लाग्दैन । तर पनि धेरै वी.पी.को बाटोमा हिँड्ने कार्यकर्ताहरु छन् । तर वी.पी.कोइरालाको आदर्शलाई नै नेपालको लोकतन्त्र साकार पार्ने, नेपाली जनतालाई तिनै आदर्श अनुसार एउटा सम्मानीत व्यक्तित्वका रुपमा निरन्तर समाजलाई बाटो देखाउन वी.पी. कोइराला लाग्नुभएको थियो ।

तर पनि पार्टीको कुरा गर्दा, नेपाली कांग्रेसको कुरा गर्दा वी.पी. कोइरालाले जन्माएको पार्टी आज किन गतिहीन भईरहेको छ ? किन कांग्रेसले काम गर्न सकिरहेको छैन ? तपाईहरुको भूमिका नेपाली राजनीतिमा किन कमजोर हुँदै गयो ?

अब सबै समस्या छ । वी.पी. कोइरालाले जुन आदर्शको लागि लड्नुभयो । कतिपय पदमा गएर पदको दुरुपयोग गर्ने पनि होलान् । सबै कुरा हुँदाहुँदै पनि समग्रमा नेपाली जनताको मर्मलाई नेपाली कांग्रेसले अगाडि बढाईरहेको छ । अहिले नेपालमा जुन अवस्था छ, जसरी २०४६ साल आयो, नेपाली जनतामा बहुदलीय लोकतन्त्र स्थापित गरेर, लोकतन्त्र साकार गर्न खोजेकै हो । गाउँगाउँ विकास लगेकै हो । ग्रामीण विकासको जग बसालेकै हो । विपन्न तहमा बसेका गाउँगाउँका दुःख पाएका कुनाकाप्चामा रहेका जनतालाई सबै ठाउँमा स्वास्थ्यसेवा, शिक्षा, सडक, विजुली, पूर्वाधारहरु लग्ने महान् अभियानमा कांग्रेस लागेकै हो । तर त्यसमाथि केही प्रहार भयो । 

विकासको रथ अगाडि बढेको थियो । त्यसलाई पनि अगाडि बढ्न दिईएन । साहस गरेर कांग्रेसले शान्ति प्रक्रियामा शान्ति पुनस्र्थापना गरेको छ । संसद पनि स्थापना गराएको छ । संविधान पनि बनाएको छ । जनताका प्रतिनिधिहरुले संविधान बनाएका छन् । गाउँको विकासलाई प्राथमिकता दिनुपर्छ भनेर कांग्रेस लागेको छ । अहिले समाजवादलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा लग्नुपर्छ भनेर वी.पीले भनिरहनुभएको थियो, त्यही अनुसार लोकतन्त्रमा मूल्य मान्यतामा आधारित समाज अनुरुप संविधानलाई परिभाषित गरिएको छ । प्रस्तावना पनि ल्याएको छ । अर्थतन्त्रलाई संविधानले व्यवस्था गरेको छ । अहिले वी.पी.ले चाहेको राजनीतिक समाजवादी व्यवस्थालाई साकार पार्ने खालको नै संविधान हामीले बनाएर समाजवादी सोचतर्फ नै अगाडि बढेको कुरालाई हामीले प्रमाणित गरिसकेका छौँ ।

वी.पी. ले जुन किसिमको नेपाली कांग्रेसका्े परिकल्पना गर्नुभयो, नेपाली कांग्रेसलाई उहाँले जन्म दिनुभयो, तर आज नेपाली कांग्रेस किन कमजोर भयो त ? के कारणले कांग्रेस जनतामा कमजोर भयो ? के कारणले नेतृत्व कमजोर भयो त ?

पार्टीभित्र कहिलेकाँही झगडा हुन्छ । कहिले नेतृत्व गलत ठाउँमा पनि पर्नसक्छ । त्यसले गर्दा यसपालि कांग्रेस थोरै पछाडी परेको हो तर हाम्रो पार्टी फेरि अहिले नेपालको राजनीतिमा नेपाली जनताले विकल्पको रुपमा शक्ति नेपाली कांग्रेस नै हो । यो नेपाली जनताको भरोसाको केन्द्र बनाउन हामी अब लागिरहेका छौँ ।

धेरै किसिमको कमी कमजोरीहरु छन् नि त, कांग्रेस पार्टीभित्र ?

अब हामी १४औँ महाधिवेशनमा पार्टीलाई गतिशील बनाएर अगाडि बढाउछौँ ।

अब कांग्रेस गुटले चलिरहेको छ कि गिरोहले चलिरहेको छ ?

पार्टीमा अहिले कसैले चलाईरहेकै छैन । यो पार्टीलाई कताकता अलिकति अलमल पार्ने कामहरु मात्रै भईरहेका छन् । तर हामीले पार्टीलाई स्वच्छ ढंगले चलाउनका लागि १४ औँ महाधिवेशनको तयारीमा हामी लागिरहेका छौँ । १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ । पार्टीको महान् नेतृत्व आउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।

१४ औँ महाधिवेशन कहिले गर्ने ? कांग्रेसमा अन्यौलता छ, फागुन ७ गते नहुने भयो । अब तपाईहरु के गर्नुहुन्छ ? विकल्पहरु के के छन् ?

अब १४औँ महाधिवेशन गर्ने हो । अहिले हामीले फागुन ७ गते गर्ने भनेर विज्ञप्ती तोकेका छौँ । अहिले केही कोरोनाको कारणले गर्दाखेरि सर्ने कुरा आएको छ । चुनाव त वडा वडामा, प्रदेश प्रदेशमा हुन्छ ।

त्यसोभए फागुन ७ बाटै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा तपाई हुनुहुन्छ ?

होइन, अझैपनि म त्यसको पक्षमा भन्दा पनि समय केही बाँकी छ, केही साथीहरु अहिले पनि २ नम्बर प्रदेशमा केही अवरोध भएको छ । तर पनि त्यसलाई अवरोध हटाएर छिट्टै नै अधिवेशन सम्पन्न गर्नतिर हामी लागेका छौँ ।

तपाईहरुले विभाग गठन गर्नुपर्छ भनेर प्रस्ताव अगाडि सार्नुभएको छ । खारेज नगरे अनशनसम्म बस्ने, तपाईहरुको निर्णय बाहिर आएको छ । वास्तविकता के हो ?

अहिले पार्टीभित्र विधान विपरीतका कामहरु भईरहेका छन् । त्यसलाई पनि हामीले विधानको बाटोमा ल्याउनुपर्छ । क्रियाशील सदस्यताको वितरणको कुरामा पनि अलिकति धाँधली गर्न खोजिएको देखिन्छ । प्रदेशले प्रवासमा रहेका जनसम्पर्क समितिहरुलाई पनि समयमा नै क्रियाशीलतामा पठाईदिएर समयमा नै काम गर्न नदिएर त्यहाँ अलमल्याउने काम केन्द्रिय कार्यालयबाट भईरहेको छ । 

जुन बेलामा जे काम गर्नुपर्ने हो, त्यो काम नगर्ने, पार्टीको १३ औँ महाधिवेशन सकिने बित्तिकै विधान अनुसार विभाग बनाएको भए हुन्थ्यो त । त्यसबाट पार्टी बलियो हुन्थ्यो । विभाग बनाएर योग्य मान्छेलाई योग्य ठाउँमा राख्नुपथ्र्यो । यसलाई मतलब नराखेर अहिले आएर विभाग गठन गर्ने बेला हो यो ? अहिले त अब अधिवेशन गर्ने हो । त्यसो भएको हुनाले हामी यही प्रश्न उठाईरहेका छौँ । अब अन्र्तलोकतन्त्रलाई बलियो पार्ने बाटोमा हामी हिँड्छौँ ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  १२ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।