भारतमा आम निर्वाचनको चटारो चल्दै गर्दा नेपालमा पनि गम्भीर असर देखिएको छ । यो बिचमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै आगामी शुक्रबारदेखि आईतबारसम्म तीन दिनसम्म कपिलवस्तुस्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।
भारतमा हुने निर्वाचनका लागि कपिलवस्तुस्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको हो । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने घोषणा गरिएको छ ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।
नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवतजावत गर्नेबाहेक अन्य ओसारपसार तथा आवतजावत बन्द गरिने छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले नाकामा हुने कुनै पनि अवैध गतिविधि हुन नदिन नेपाल भारतका सुरक्षा अवस्था कडा पारिने बताए ।




















प्रतिक्रिया