नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी श्रमती सिता दाहालको खुशिका लागी आफुले परम्परागत रुपमा दोस्रो विवाह गरेको बताएका छन् ।
आज प्रचण्ड र सिता विच बैवाहिक सम्बन्ध गाँसिएको ५० औँ बर्षगाँठका अवसरका आयोजित पुन बिवाह समारोहमा मन्तव्य राख्दै प्रचण्डले आफ्नो पुन विवाह गर्ने इच्छा नभएको तर विरामी सिता र छोरीहरुको चाहनाले उनिहरुको मनोमल उच्च बनाउँनका लागी परम्परागत विवाह गरेको स्पष्ट पारे ।
आफ्नो परिवार निकै दुखद परिस्थितीमा गुज्रीरहेको भन्दै प्रचण्डले दुखद अवस्थामा साथ र सहानुभुती दिने सबै नेपालीहरुमा धन्यवाद ज्ञापन गरे ।
बुढेसकालमा बेहुला बेहुली बन्दा यस्ता देखिए प्रचण्ड र सिता
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् ।प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।
पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।
विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।




















प्रतिक्रिया