Logo

प्रमुख समाचार

कांग्रेस र नेकपा नेताबीच टिभीको स्टुडियोमै कुटाकुट, डाँका भनेपछि मुख छोडाछोड



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै कुटाकुट भएको छ ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गालीगलौज पनि भएको थियो ।

गगनले छोडेपछि सिटौलाको बिचल्ली

यो पनि पढ्नुहोस् !

गगन थापाले छोड्ने भएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको बिचल्ली हुने भएको छ ।महाधिवेशन नजिकिँदै गर्दा कुन समूहबाट को–को उम्मेदवारी बन्ने भन्ने अड्कलबाजी हुन थालेको छ । गत महाधिवेशनमा सिटौलासँग महामन्त्री उठेर हारेका थापा अब पनि हार्ने गरी उम्मेदवार बन्ने पक्षमा छैनन् । सभापति उठिसकेका हुनाले सिटौला फेरि पनि सभापति नै उठ्ने कि नउठ्ने भन्नेमा अन्यौलमा छन् ।

आफ्नो सानो झुण्ड बनाएर पार्टी सभापतिसँग ‘वार्गेनिङ’ गर्न सिटौला माहिर छन् । गिरीजाप्रसाद कोइरालासँग बसेर राजनीति गरेका र कोइरालको टेक्निक जानेका सिटौला पनि चानचुने खेलाडी होइनन् । थापाले छोडेपछि सिटौला भने अन्यौलमा पर्ने चिन्तामा छन् । समाचारस्रोतका अनुसार थापा आगामी महाधिवेशनमा सिटौलालाई छोडेर अन्य समूहमा लाग्ने सोचमा छन् ।

सिटौला सभापति, थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष उठेका थिए । शेरबहादुर देउवालाई सभापति बनाउन सिटौला समूहले अन्तिममा महत्वपूर्ण भूमिका खेलेका थियो । सिटौलाले आफू सभापति हारेर दोस्रो चरणको प्रतिस्पर्धामा जान नसकेपछि देउवालाई सघाएका थिए । पहिलो चरणमा देउवा, रामचन्द्र पौडेल र सिटौलाबीच सभापतिमा प्रतिस्पर्धा थियो ।

थापा पार्टीभित्र लोकप्रिय यूवा नेताका रुपमा परिचित छन् । उनी जुन समूहमा गएपनि महाधिवेशन जित्नका लागि त्यो निर्णायक हुनेछ । त्यसैले पनि गगनलाई लिन जो पनि तयार हुन्छन् । उनको पक्षमा एउटा समूह छ ।

उनले नामकै आधारमा पनि भोट ल्याउने गरेका छन् । उनी भाषणमात्र गर्छन् जनताको काम गर्दैनन् भन्ने आरोप लागेको छ । उनलाई बुझ्नेहरु उनी जुनसुकै जिल्ला गएपनि बेलुका बस्नुपरे अर्को जिल्लामा गएर बस्छन् भन्ने गरेका छन् । नेता, कार्यकर्ता र जनताले दुःख दिने गर्छन् भनेर उनी रातारात भाग्ने गरेको उनलाई बुझेकाहरु बताउँछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।