Logo

समाचार

माफियासंग कम्बोडिया पुगेका केपी ओलीबाट हामी के आशा गर्ने ?



विवादै विवादको चंगोलमा फसेका व्यापारी चन्द्र ढकाल प्रधानमन्त्री केपी ओलीलाई पिच्छा गर्दै कम्बोडिया पुगेका छन् । शक्ती केन्द्रको आडमा ठुला ठुला चलखेल गर्न खप्पीस ढकालको कम्बोडिया यात्राले विभिन्न रहस्यलाई सतहमा ल्याएको छ ।

स्विस् बैकमा अरबौ रकम कालो धन लुकाएको आरोप खेपिरहेका उनि प्रधानमन्त्री सँग किन कम्बोडिया पुगे रहस्यमय बनेको छ । उनको कम्वोडिया भ्रमणका विषयमा कतै उल्लेख गरिएको छैन ।

ढकाल अध्यक्ष रहेको आइएमइ गु्रपले हुण्डीको कारोवार गरिरहेको आरोप लागेको छ भने उनि नै अध्यक्ष रहेको चन्द्रागिरी हिल्सले नियम मिचेर पर्यटन व्यवसायको नामको राज्यको सम्पत्ती माथी लुट मच्चाइरहको छ । उता चन्द्रागिरीमा नियम विपरित पर्यावणिय असरको विचार नगरि संरचना निर्माण गरेको भन्दै वातावरण विभागले वातावरण ऐन २०५३ को धारा १८ (१) अनुुसार चन्द्रागरि हिल्सलाई कारबाही गर्न वातावरण मन्त्रालयलाई सिफारिस गरेको छ ।

आफ्नो काण्ड लुकाउन प्रधानमन्त्री केपी ओली सहित नेकपाका शिर्ष नेतालाई केहि समय अगाडि चन्द्रागिरीमै रात्रि भोज खुवाएका ढकालको कम्वोडिया सयरलाई गम्भिर आशंकाले हेरिएको छ । जानकारहरुका अनुसार स्विस बैकको अरबौ डलरको कुरा बाहिर आए देखि नै उनको निद हराम भएको छ । र अहिले उनि त्यसैको सेटलका लागी शक्तीकेन्द्र फकाउन कसरत गरिरहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।