Logo

प्रमुख समाचार

सरकारले ल्याउने काल्पनिक बजेटलाई राम्रो भनिदिनु पर्ने हो ? : गगन थापा



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारले ल्याउन लागेको बजेटको बारेमा गहन अध्ययन तथा छलफल हुनु पर्ने बताएका छन् । सोमबार संसद भवनमा भएको बैठकमा बोल्दै उनले २०७६/०७७ मा आउन लागेको बजेटका बारेमा पर्याप्त अध्ययन हुनु पर्ने बताएका हुन् ।

बैठकमा बोल्दै सांसद थापाले सरकारले भावनाका आधारमा बजेट ल्याउन लागेका आरोप लगाए । उनले भने, सरकारले एक वर्षको समीक्षाका आधारमा बिना कुनै अध्ययन ल्याएको काल्पनिक बजेटलाई हामीले राम्रो भनिदिनु पर्ने ?

बैठकमा बोल्दै उनले देशमा औद्योगिक क्षेत्र ओरालो लागेको बारे सरकार चिन्तित नभएको बताए । यसका लागि देशमै सामाग्री उत्पादन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । यस अवसरमा उनले भने, विदेशी लगानीमा नेपाल जति अनुदार बन्छ, त्यति नै लगानी भित्रिने सम्भावना कम हुँदै जान्छ । यसको बारेमा सरकार उदार बन्नु पर्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १७:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।