बुधवार साँझ काठमाडौँको कालोपुलमा २० बर्षीया युवती जेनी खड्का माथि उनकै श्रीमान काभ्रे फुलबारीका २८ वर्षीय विष्णु खड्काले एसिड प्रहार गरेको पुष्टि भएको छ ।
खड्काले कुरा गर्नु छ, भन्दै श्रीमतीलाई डेरा बाहिर बोलाएर एसिड छ्यापेका थिए ।अनुहार र छातिमा एसिड परेकी युवतीको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ भने खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
जेनीका श्रीमानले श्रीमती आफुसँग बस्न नमानी पछि एसिड प्रहार गरेको प्रारम्भिक बयान दिएका छन्। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको गरिरहेका छ।
यसैबीच काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
एसिड आक्रमणमा परेकी युवतीलाई ओमबाट फेक्ट अस्पताल रिफर
एसिड आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ । उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो ।
बुधबार साँझ काठमाडौंको कालोपुलमा २० वर्षीय ती युवतीमाथि एसिड प्रहार भएको थियो । आक्रमणकारी एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँबाट फेक्ट पठाइएको हो ।
प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान खुलेको उनको खोजीकार्य भइरहेको छ । के कारणले एसिड प्रहार भयाे भन्नेबारे खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।




















प्रतिक्रिया