नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।
अनेरास्ववियूको अध्यक्ष– ऐन महर
वाईसीएलको अध्यक्ष– दीपशीखा
महिलाको अध्यक्ष– अमृता थापामगर
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्ष– डा. दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ
यसैबीच २२ वटा जनबर्गीय संठनको नेतृत्व टुङ्गो लगाउँने मिसन सहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको सचिवालयका एक सदस्यले बताए ।
सबैभन्दा प्रभावशाली मानिने युवा र विद्यार्थी संगठनमध्ये पूर्व एमालेले विद्यार्थीको नेतृत्व लिने भएको छ । त्यस्तै युवाको नेतृत्व पूर्व माओवादीले पाउने सम्भावना रहेको छ तर अन्तिमा पुर्व माओवादी केन्द्रको तर्फबाट प्रस्ताव गरिएका वाइसियलका अध्यक्ष रामप्रसाद सापकोटालाई युवाको नेतृत्व दिन प्रधानमन्त्री ओली तयार देखिएका छैनन् । मजदूर संगठनको नेतृत्व पनि पूर्वएमाले पाउँदा महिलाको नेतृत्व पूर्वमाओवादीले पाउनेछ ।
संगठनको बाँडफाँडपछि व्यक्तिको बारेमा पनि छलफल हुने बताइएको छ । जिल्ला कमिटी एकीकरणकै मोडलमा साबिक अध्यक्षहरुलाई अध्यक्ष र महासचिव बनाउने वा संयोजक तथा सहसंयोजकको मोडलमा जाने भन्ने टुंगो बैठकबाटै लाग्ने बताइएको छ ।
पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेकपा स्रोतका अनुसार युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटा अध्यक्ष हुनेछन् ।
त्यस्तै विद्यार्थीको अध्यक्ष पूर्वएमालेले पाउँदा ऐन महरलाई बनाउने चाहना केपी ओलीको छ । हालकी अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य रहेकाले महासचिव महरलाई बनाउन खोजिएको हो । यद्यपी उपाध्यक्षहरुमध्येबाट बनाउनुपर्ने दबाब पनि नेतृत्वमाथि छ ।
सचिवालय बैठकमा पोलिटव्यूरो सदस्यहरुको नाम टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्यबिभाजनका बारेमा पनि छलफल हुँदैछ ।




















प्रतिक्रिया