सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि हमला गर्दै कडा बाण प्रहार गरेका छन्। २६ औं मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले कांग्रेसको आलोचना तथा राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ समेत गरेका छन्।
उनले सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षीले आलोचना गर्ने कुनै ठाउँमा नरहेर जनताको ध्यान अन्त्य केन्द्रित गर्नका लागि साना मसिना कुरा उठाएको टिप्पणी गरे।
‘‘नीति तथा कार्यक्रमको कुनै विरोध गर्ने ठाउँ नभेटिएपछि जनताको ध्यान अन्ततिर मोडेका छन्। नचाहिने कुरामा केन्द्रित गर्ने काम भएको छ’’, उनले भने, ‘‘सरकारको विकास नीति के छ भनी त्यतातिर जनताको ध्यान जान नदिनका निम्ति नचाहिने असार्न्दभिक साना मसिना कुरा उठाएर हो कि क्या हो जस्तो पार्ने गरेका छन्।’’
उनले ‘केही निहुँ पाऊँ कनिका बुकाऊँ’ भनेर सर्वोच्च स्थानमा रहेको राष्ट्रपतिले सम्बोधन गरेको ‘मेरो सरकार’ शब्दप्रति बखेडा झिकिएको आरोप लगाए ।
‘‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकारको प्रतिवेदन पढ्ने रु राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्ने संसारभरि नै प्रचलन रहेको छ’’ उनले भने, ‘‘ हामीजस्तै भारतमा पनि राष्ट्रपतिले सम्बोधन गर्ने चलन छ। त्यहाँ सदैव राष्ट्रपतिले जसको सरकार बने पनि मेरो सरकार भनेर सम्बोधन गर्ने गरेका छन्। संसारभरि जुन पार्टीको सरकार भए पनि मेरो सरकार भन्ने चलन छ।’’
काङ्ग्रेसले राष्ट्रपतिको विरोध नगरेको बरु लोकतन्त्रका नाममा गणतन्त्रामक प्रणाली, पद्धति र अभ्यासको विरोध गरेको प्रधानमन्त्री ओलीको आरोप छ।




















प्रतिक्रिया