Logo

समाचार

गाउँपालिका अध्यक्षको घरमा शक्तिशाली बिष्फोट



सप्तरीको बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ । शुक्रबार राति १२ बजेतिर बलान-बिहुल गाउँपालिका २ स्थित अध्यक्ष गोइतको घरमा कुकर बम बिष्फोट गराइएको हो ।

बिष्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बम छर्रा लागेर घाइते भएका छन् । घरमा कोहि नभएको बेला बिष्फोट गराइएको हो । उनका काका श्याम भने दलानमा सुतिरहेका थिए ।

यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले बम बिष्फोटको जिम्मेबारी लिएको छ ।

गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेकाले उनको घरमा बिष्फोट गराइएको बिज्ञप्तीमा उल्लेख छ । भ्रष्टाचार जारी नै रहेमा योभन्दा उच्चस्तरको कार्वाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार ०३:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।