Logo

प्रमुख समाचार

तरुण दल र नेविसंघको खुट्टा बाँधेर जागरण अभियान सफल हुन्न : तरुण महासचिव शाही



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको भात्रृ सङ्गठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले मातृ पार्टी नेपाली कांग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियान सफल नहुने दावी गरेका छन् ।

पार्टीले थालेको जागरण अभियान सकारात्मक भए पनि तरुण दल र नेविसंघको खुट्टा बाँधेर अभियान थालिएकाले सफल नहुने बताए । ‘कांग्रेसको जागरण अभियान सकारात्मक हो तर पार्टीका मेरुदण्ड मानिने तरुण दल र नेविसंघको खुट्टा बाँधिएको छ’ प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा महासचिव शाहीले भने, ‘पार्टीको मेरुदण्डको खुट्टा बाँधेर थालिएको अभियान सफल हुन सक्दैन ।’

शाहीले मुलुकमा भ्रस्टाचार वढेको र प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारको कमाण्डर भएको आरोप लगाए । अहिलेको सरकारले जनताको हितका लागि भन्दा पनि पार्टीको फाइदाका लागि काम गरेको आरोप उनले लगाए ।

भ्रष्टाचारमा कांग्रेस पार्टीकै नेताको संलग्नता भएपनि कारवाही गर्नुपर्नेमा उनले जोड दिए । सरकारप्रति जनतामा निराश बढेको भन्दै उनले कांग्रेसले अब जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे । पार्टीमा गुटबन्दी देखिए पनि तरुण दलमा त्यो नहुने उनको दावी थियो ।

यो पनि पढ्नुहोस् 

कांग्रेस अलपत्र पारेर देउवा सिंहापुर टाप

नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भने बुधबार राती नै सिंहापुर टाप खोलेका छन् । नियमित स्वास्थ्य उपचारको लागि उनी श्रीमती आरजु राणासहित त्यता गएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले जागरण अभियान चलाएर पार्टीभित्र देखिएका आन्तरिक द्धन्द्ध हल गर्ने भन्दै आएको छ तर देउवा भने यहीबेला बाहिरिएपछि अभियानमा असर पर्ने अनुमान लाउन सकिन्छ । अभियानमा कांग्रेसले आफ्ना पनि कुरा गर्ने र सरकारले गरेका गलत गतिविधिको भण्डाफोर गर्ने भनेको छ ।

तर आन्तरिक किचलो व्यवस्थापन हुन नसक्दा कांग्रेसले सरकारको विरोधमा बोल्नसमेत सकेको छैन त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस पनि छ र भन्न थालेका छन् ।

याे पनि पढ्नुहाेस् 

पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि गएराति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन्। चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। पत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने जनाइएको छ।

यसैबीच नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा देशभरबाट परेका १२ सय उजुरी उपर कारबाहीको कुनै संकेत देखिएको छैन । पार्टीबाटै आएका विभिन्न दबाबका कारण उजुरीमाथि छानबिन गरी कारबाही गर्न अनुशासन समिति हच्किएको स्रोतको दाबी छ । पार्टीले बनाएको अनुशासन समितिमा देशभरबाट १२ सयको हाराहारीमा उजुरी परेको भए पनि विभिन्न दबाब तथा कस्ता उजुरी उपर के गर्ने भन्ने नियमावली नहुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।

कांग्रेसले गत चैत मसान्तसम्म समितिमा उजुरी गर्न भन्दै म्याद दिएको थियो । यसबीचमा समितिमा पुराना र नयाँ आएका गरी १२ सय उजुरी जम्मा भएको छ । यसबीचमा समितिको औपचारिक बैठकसमेत पाँचपटक बसिसकेको छ । तर, बैठकले प्राप्त उजुरीको पोको खोल्ने, अध्ययन गर्ने र उजुरीको प्रकृति छुट्याउने मात्रै काम गरेको छ ।

समितिका एक सदस्यले समितिको बैठक पाँचपटक बसेको र उजुरीको पोको खोल्ने र अध्ययन गर्नेबाहेक बैठकले अरू काम नगरेको जानकारी दिए ।‘यसबीचमा बैठक त पाँचपटक भयो तर आएका उजुरी खोल्ने र हेर्नेबाहेक अरू काम भएको छैन,’ समितिका ती सदस्यले भने । उनले समितिले कस्ता उजुरीउपर के कारबाही गर्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय नगरेको जानकारी दिए ।

समितिका अर्का सदस्य उमाकान्त चौधरीले हालसम्म उम्मेदवार आफैंले दिएको उजुरी, निर्वाचन समितिमार्फत आएका उजुरी, जिल्ला, क्षेत्र र इकाइ समिति हुँदै आएका उजुरीलाई छुट्याइएको बताए ।

उनले केही उजुरी प्रमाणसहित आएको र केही आरोप लगाउने नियतबाट समेत आएको भन्दै प्रमाण पुगेर आएका उजुरीउपर कारबाही हुने तर हचुवाका भरमा आएका उजुरी कारबाहीको दायरामा नआउने जनाए ।

‘प्रमाण पुगेर आएका उजुरीउपर कारबाही प्रक्रिया अघि बढ्छ, बिनाप्रमाण आक्षेप लगाइएका उजुरीमा केही हुँदैन,’ समितिका सदस्य चौधरीले राजधानीसँग भने । उनले कारबाहीको पहिलो प्रक्रिया स्वरूप सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिने र सफाइको मौका दिइने तर चित्त बुझ्दो जवाफ नआए अन्य कारबाही अघि बढ्ने प्रस्ट पारे ।

समितिका सदस्य सचिवसमेत रहेका कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले कारबाहीका विषयमा नियमावलीको तयारी भइरहेको जानकारी दिए ।

‘कस्ता उजुरीलाई के कारबाही गर्ने भन्ने विषयमा समितिले नियमावली बनाउन गृहकार्य गरिरहेको छ, यस विषयमा अहिले केही टुंगो लागिसकेको छैन,’ केसीले भने । उनले समितिको कार्यविधि भने बनेको बताए । यस्तै प्रमाणसहित आएका उजुरी र व्यक्ति विशेषलाई बिनाप्रमाण आक्षेप लगाएर आएका उजुरीका विषयमा समितिले अध्ययन गरिरहेको उनले जनाए ।

प्रमाण पुगेर आएका उजुरीउपर भने कारबाही हुने उनले बताए । केसीले समितिले अहिले निर्वाचनसँग जोडिएका विषयलाई मात्रै हेर्ने जानकारी दिए ।अनुशासन समितिले प्राप्त उजुरीमध्ये धेरै जसो स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधि सभाको गत निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको जनाएको छ ।

यस्तै गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नाममा समेत उजुरी परेको समितिले भनेको छ ।

अनुशासन समितिले पहिले  रमेश रिजालको संयोजकत्वमा गठित समितिलाई आएका उजुरीसमेत यसपटक खोलेको हो । यसअघि नेता रिजालको तत्कालीन समितिले १५४ जनालाई स्पष्टीकरण सोधेको थियो ।

यसपटक भने समिति गठन गर्दा नै कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन समितिमा प्राप्त उजुरीलाई शीर्ष तहको सहमतिबाट नै अन्तिम टुंगो लगाउने भन्दै गठन गरेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।