पछिल्लो समय मौसमले साथ दिइरहेको छैन । मौसम पूर्वानुमान महाशाखाले मेघगर्जनसंगै हावाहुरीसहित वर्षाको अनुमान गरेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम बिग्रिएको छ । अन्य क्षेत्रमा पनि मौसम बिग्रिएको महाशाखाले जनाएको छ ।
महाशाखाले देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
त्यस्तै बाँकी भूभागमा आंशिक बदली रही देशका पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।रातिसमेत मौसमले सताउने महाशाखाले जनाएको छ ।
राति पनि मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । मौसममा आइतबारसम्मै चुनौती रहेको महाशाखाले जनाएको छ । शनिबार पनि केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।




















प्रतिक्रिया