Logo

अन्तर्राष्ट्रिय

भारतीय लोकसभा निर्वाचन : सबै मत परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत



भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा०ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई-दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा ९जेएमएम० र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् ।

यो पनि पढ्नुहोस् 

लोकसभा अपडेट : मतगणना अन्तिम चरणमा, भाजपाले ३४५ सिट जित्दा काँग्रेसले ९६ सिट जित्यो

भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले भारी बहुमत ल्याएको छ । सो पार्टीले नतिजा अन्तिम चरणमा पुग्दा ३४४ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ ।

यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ ।

यस्तै अन्य साना पार्टीले ४५ सिटमा जित हासिल गर्दा यो चुनावबाट हालसम्म नै भाजपालाई १७ सिट बढी मिलिसकेको छ । गत निर्वाचनमा भाजपाले जम्मा ३३६ सिट जितेको थियो ।

यस्तै काँग्रेसको ३२ सिट बढेको छ भने तृणमुलको नतिजा खस्किएको छ । तृणमुलले गत चुनावमा ३२ सिट जितेको थियो ।
अब १९ सिटको नतिजा मात्रै आउन बाँकी रहँदा भाजपाले बहुमतको सरकार बनाउने निश्चित भएको छ ।

याे पनि पढ्नुहाेस्

लोकसभा चुनावमा भारतका धेरै कलाकार विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए। तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन् भने कतिपयले हार बेहोरेका छन्।उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन्। उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन्।

चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका भोजपुरी अभिनेता रवि किशन पनि गोरखपुर क्षेत्रबाट निर्वाचित भएका छन्। उनले समावजादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुदन त्रिपाठीलाई हराएका हुन्।आजमगढबाट उम्मेदवार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव (निरहुवा) समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन्। निरहुवा भाजपाबाट उम्मेदवार बनेका थिए।

भाजपाका उम्मेदवार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन्। यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेदवार बनाउँथ्यो।

गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन्। यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए। उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए।

भोजपुरी अभिनेता मनोज तिवारीले पनि भाजपाबाट चुनाव जितेका छन्। उनी उत्तरपूर्वी दिल्ली क्षेत्रबाट चुनाव लडेका थिए। तिवारीले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका छन्।अभिनेत्री जया प्रदा भने यस पटकको लोकसभा चुनावमा पराजित भएकी छिन्। समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेकी जया समाजवादी पार्टीका आजम खानसँग पराजित भएकी हुन्।

गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन्। भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन्।

चुनावको केही समयअघि कांग्रेले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेदवार बनाएको थियो। चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन्।

भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन्। उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन्। उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए।

कांग्रेसले यी १७ राज्यमा खाता नै खोल्न सकेन

भारतीय लोकसभा चुनावमा कांग्रेस पार्टीले १७ राज्यमा खाता समेत खोल्न सकेन। निर्वाचन आयोगका अनुसार कांग्रेसले आन्ध्र प्रदेश, हरियाणा, गुजरात, हिमाचल प्रदेश, जम्मुकस्मिर, उत्तराखण्ड, मणिपुर, नागाल्यान्ड, मिजोरम, दिल्ली, ओडिसा, सिक्किम, राजस्थान, चण्डीगढ, दागर र नगर हवेली, दमन र दीव, लक्षद्वीपमा एक सिट पनि जित्न सकेन्।

यी राज्यमध्ये हरियाणामा गएको चुनावमा कांग्रेसले एक सिटमा जित हासिल गरेको थियो। यस पटक कांग्रेसले केरलमा सबैभन्दा बढी १४ क्षेत्रमा जित हासिल ग-यो भने तमिलनाडु र पन्जावमा आठ–आठ सित जितेको छ।

मोदी सरकार सफल हो ? के भन्छ चुनावको नतिजा ? (विजयीको सूचीसहित)

भारतमा हालसालै सम्पन्न लोकसभा चुनावको नतिजा आउने प्रकृया अन्तिम चरणमा पुगेको छ। पाँच सय १५ क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ भने २७ क्षेत्रको गणना भइरहेको छ।

चुनावको नतिजाले भारतीय जनता पार्टीलाई थप पाँच वर्ष सरकारमा सुरक्षित गरेको छ। २०१४ को नतिजा आफ्नो पोल्टामा पारेका मोदीले २०१९ को चुनावमा पनि उनको सुत्रले राम्रो काम गरेको देखिएको।

कुल पाँच सय ४२ सिटकालागि भएको चुनावमा भारतीय जनता पार्टीले दुई सय त्रियानब्बे सिट जितेर १० क्षेत्रमा लिडिङ गरिरहेको छ। यस्तै भारतीय राष्ट्रिय काँग्रेसले ५१ सिट जितेर एक क्षेत्रमा लिडिङ गरिरहेको छ।

भाजपा नेतृत्वको राष्ट्रिय लाकतात्रिक गठबन्धनले मात्र तीन सय ३९ जित र ९ लिडिङ गरि ३४८ हात पार्दैछ भने विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशिल गठबन्धनले ९४ जित र एक लिडिङ गरेर ९५ सिट जित्ने देखिन्छ।

यस्ता छन् प्रमुख दश पार्टी

पार्टीको नाम जित लिडिङ जम्मा
भारतीय जनता पार्टी २९३ १० ३०३
भारतीय राष्ट्रिय काँग्रेस ५२ – ५२
द्रविड मुनेत्र खाजकम् २२ १ २३
युवाजन श्रमिक रेथू काँग्रेस २१ १ २२
अल इंडिया ट्रिनामोल काँग्रेस १९ ३ २२
शिवसेना १८ – १८
जनता दल (एकता) १६ – १६
विजु जनता द ४ ८ १२
भुजन समाज पार्टी ९ १ १०
तेलङ्गना राष्ट्रिय समिति ९ – ९
लोक जन शक्ति पार्टी ६ – ६
राष्ट्रिय काँग्रेस पार्टी ५ – ५
समाजवादी पार्टी ५ – ५
कम्युनिष्ट पार्टी इंडिया (माक्र्सवादी) २ १ ३
इंडियन युनियन मुस्लिम लिग ३ – ३
जम्मू–कश्मिर राष्ट्रिय सभा २ १ ३
तेलुगू देशम ३ – ३
एआईएमआइएम २ – २
कम्युनिष्ट पार्टी इंडिया २ – २
सिरोमणी अकली दल २ – २
आम आदमी पार्टी १ – १
एआईएन द्रविड मुनेत्र खाजकम् १ – १
एआईयूडीएफ १ – १
एजेएसयू १ – १
जनता दल १ – १
झारखण्ड मुक्ति मोर्चा १ – १
केरला काँग्रेस १ – १
मिजो नेसनल फ्रन्ट १ – १
नागा पिपुल्स फ्रट १ – १
राष्ट्रिय जनताको पार्टी १ – १
क्रान्तिकारी समाजवादी पार्टी १ – १
सिक्किम क्रान्तिकारी मोर्चा १ – १
अन्य ८ – ८
जम्मा ५१६ २६ ५४२

विहान ९ : ५० सम्म को नतिजा

गौतम गम्भीर पनि सा‌ंसद

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान गौतम गम्भीर लोकसभा चुनावमा विजयी भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट चुनावी मैदानमा उत्रिएका गम्भीरले ३ लाख ९१ हजार भन्दा बढी मत ल्याएर आफ्ना निकटम प्रतिद्वन्द्वी कांग्रेसका अरविंदर सिंह लवलीलाई पराजित गरेका हुन् । गम्भीर पूर्वी दिल्‍लीबाट चुनावमा उठेका थिए ।

गौतम गम्भीरको जितसँगै भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंहले बधाइ दिएका छन्। हरभजन सिंहले ट्वीटमा लेखेका छन– भारी मतका साथ जितका लागि शुभकामना गौतम गम्भीर १ भाजपालाई थप शक्ति मिल्यो ।

जहाँ मृत्युपछि पनि राजीव गान्धीले चुनाव जितेका थिए

भारतस्थित उत्तर प्रदेशको अमेठी संसदीय क्षेत्र भारतीय सत्ताको यस्तो एउटा उपकेन्द्र हो जहाँको भेटको शक्तिले प्रधानमन्त्री जन्माएको छ । अमेठी, नेहरू–गान्धी परिवारको परम्परागत चुनाव क्षेत्र बन्दै आएको छ । यहाँको विरासत, गान्धी परिवारकै वरिपरि घुम्दै आएको छ । यसपाली अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धी चुनाव लडे । तर उठ्न सकेनन् । राहुललाई केन्द्रीय मन्त्री, टीभी कलाकार स्मृति ईरानीले पछारिन् ।

नेहरू गान्धी परिवारसँग जोडिएकै कारण पनि अमेठीसँग राजनीतिका थुप्रै कथा जोडिएको छ । तीमध्येको एउटा सत्य कथा १९९१ को चुनावसँग जोडिएको छ । ती उम्मेदवारले आफ्नो चुनाव जित्ने त निश्चित थियो, तर जीतको उत्सव मनाउनका लागि उपस्थित हुन पाएनन् । चुनावको नतीजा घोषित हुनु केही दिन अघिमात्र उनको हत्या भएको थियो । उनको नाम राजीव गान्धी थियो । त्यो वर्ष १९९१ को थियो । दशौं लोकसभाको गठनका लागि चुनाव घोषणा भइसकेको थियो । अनि पूर्व प्रधानमंत्री इंदिरा गान्धीका पुत्र राजीवा गान्धी आफ्नो परम्परागत सीट अमेठीबाट चुनाव लड्दैथिए ।

चन्द्रशेखरले १९९१ को मार्चमा राजीनामा दिइसकेका थिए । भारतमा साम्प्रदायिक धुव्रीकरण र जातीय गोलबन्दी चरम अबस्थामा थियो । भारतीय जनता पार्टीको अगुवाइमा राम मन्दिरको आन्दोलन उछालेको थियो । भारत जातीय और धार्मिक गोलबन्दीको भूमरीमा थियो ।

यस्तो विषम परिस्थितिमा लोकसभा चुनाव हुँदैथियो । मतदानको पहिलो चरण २० मे मा भएको थियो । पहिलो चरणकमा २११ सीटमा मतदान भयो । कूल ५३४ निर्वाचन क्षेत्रका लागि मतदान हुने थियो । पहिलो चरणको मतदान सकिएको भोलिपल्ट राजीव गान्धी चुनाव प्रचारका लागि गएको बेला, चेन्नईबाट ४० किलोमिटर परको श्रीपेरुन्बदूरमा श्रीलंकाली पृथकताबादी समूह लिट्टेको आतंकबादी निशानमा परे । पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई माला लगाइ दिने बहानामा लिट्टले आत्मघाती बम हमला गरेर हत्या गर्याे ।

यो दर्दनाक घटनाले पुरै भारत सन्नाटा छायो । यो अप्रत्याशित घटनापछि चुनाव स्थगित भयो । अन्तमा १२ र १५ मेको वीचमा बाँकी ३२३ सीटका लागि चुनाव भयो । यो चुनावको नतीजा पनि मन छुने खालको रह्यो ।

जुन क्षेत्रमा राजीव गान्धीको हत्या भएको थियो, त्यहाँ कांग्रेसको हालत गिर्दो अबस्थामा थियो । तर गान्धीको हत्या भएपछि जहाँ मतदान भयो, त्यहाँ कांग्रेको पक्षमा जबरजस्त सहानुभूति देखियो ।

कूल खसेको मतमध्ये राजीव गान्धीको पक्षमा ५३ प्रतिशत आयो । गान्धी आफ्नो निर्वाचन क्षेत्र अमेठीबाट मरणोपरान्त विजयी घोषित भए । भारतीय चुनाव आयोगका अनुसार उनले त्यो बेला अमेठीबाट १ लाख ८७ हजार १३८ भोट पाए । उनले कुल खसेको मतमध्ये ५३ दशमलब २३ प्रतिशत मत पाएका थिए ।

दोश्रो स्थानका बीजेपी रविन्द्र प्रतापले, ७५ हजार ५३ भोट पाएका थिए । चुनाव आयोगले गान्धीलाई १ लाख १२ हजार ८५ भोटको अन्तरले विजयी भएको घोषणा ग-यो । यो चुनावमा कांग्रेसलले २३२ सीट जित्यो । पछि चुनाव गराइएको पंजाबको १२ सीट पनि सबै कांग्रसले जित्यो । अर्थात् कांग्रेको कूल संख्या २४४ भयो ।

राजीव गान्धीको हत्यापछि नरसिम्हा राव कांग्रेस संसदीय दलका नेता चनिए । संसदीय दलको नेता बनेपछि नरसिम्हा रावले सानासाना दलको समर्थन लिएर कांग्रेसकै सरकार बनाउने दाबी पेश गरे । रावको दाबी राष्ट्रपतिले स्वीकार गरे । उनकै नेतृत्वमा अल्पमतको सरकार पुरै पाँच वर्ष टिक्यो । गान्धीले चुनाव लडेको अमेठीको उपचुनावमा कांग्रेसबाट टिकट पाएका क्याप्टेन सतीश शर्माले चुनाव जिते ।

यो पनि पढ्नुहोस्

भारतमा १७ औं लोकसभा चुनावको मतगणना अझै सकिएको छैन । अहिले विहान ६ बजेसम्म कूल ३८ सिटका लागि मत गणना चलिरहँदा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३३२ सिटमा जीत हाँसिल गरिसकेको छ भने १६ सिटमा अग्रता हाँसिल गरेको छ । यसरी हिसाव गर्दा एनडीएले कूल ३४८ सिट ल्याउने सम्भावना देखिएको छ । सुरुवातदेखि नै ३४८ देखि ३५० को बीचमा अग्रता हाँसिल गर्दै आएकोले एनडीएले ३४८ सिट ल्याउने आँकलन गर्न सकिएको हो ।

भारतीय लोकसभामा दुई तिहाई पुर्याउनको लागि ३६२ सिट आवश्यक पर्दछ । त्यसमा एनडीएको ३४८ सिट आउँदा केही स्वतन्त्र पार्टीलाई समेत समावेश गराउँदा भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना समेत देखिन्छ । अर्को तर्फ काँग्रेस नेतृत्वको यूपीए गठबन्धनको ९१ सिटमा जीत हाँसिल भएको छ भने ३ सिटमा अग्रता देखिएको छ । यसमध्ये पनि काँग्रेसको मात्रै ५२ सिटमा जीत र १ सिटमा अग्रता देखिएको छ ।

भाजपा एक्लैको भने २८६ सिटमा विजयी हुँदा १४ सिटमा अग्रता छ । यसबाट भाजपाले इतिहासमा नै पहिलो पल्ट ३०० कटाउने सम्भावना देखिएको छ । यदि अग्रतामा परिवर्तन नहुने हो भने कूल ३०० सिटमा भाजपाले जीत हाँसिल गर्ने देखिएको छ । भाजपा एक्लैले ३०० कटायो भने यो इतिहासमा नै पहिलो पल्ट हो।

अन्य दलहरुको खातामा भने ८१ सिटमा जीत भईसक्दा १९ सिटमा अग्रता देखिएको छ । जसमा उत्तरप्रदेशका समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले क्रमश ५ र १० सिटमा जीत हाँसिल गरेका छन्। अग्रता समाजवादीको शून्य र बहुजनको १ सिटमा छ ।

उत्तर प्रदेशमा भाजपा गठबन्धनले ६१ सिटमा जीत हाँसिल गरिसकेको छ भने २ सिटमा अग्रता देखिएको छ । उत्तरप्रदेशबाट यूपीएकी अध्यक्ष सोनिया गान्धीबाहेक अरु सबै पराजीत भएका छन् । यहाँ काँग्रेसका अध्यक्ष राहुल गान्धी समेत अमेठी निर्वाचन क्षेत्रबाट पराजीत भएका थिए ।

पश्चिम बंगालमा भने अग्रता र जीतको हिसाव गर्दा तृणमूल काँग्रेस २२ स्थानमा र एडीए गठबन्धनका उम्मेदवारहरु १८ स्थानमा विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

गान्धिले राजिनामा दिएपछि भारतमा तरंग, राजिनामा लुकाउँन सोनियाँको यस्तो चलखेल

लोकसभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिने तयारी गरेका छन् ।

बहिनी प्रियंका गान्धी र आमा सोनिया गान्धी लगायतका वरिष्ठ नेताहरु संलग्न बैठकमा बिहीबार उनले आफूले राजीनामा दिन तयार रहेको बताएका हुन् । उनले चुनावी हारको सम्पूर्ण जिम्मा आफूले लिने बताएका हुन् ।एक हप्ताभित्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने र उनको प्रस्तावमाथि निर्णय हुने छ ।

यो पनि

भारतमा लोकसभा निर्वाचनमा काग्रेस आइले लज्जास्पद हार बेहोरे पछि हारको जिम्मा लिँदै काग्रेस आइका अध्यक्ष राहुल गान्धिले पार्टी अध्यक्षको पदबाट राजिनामा दिएका छन् ।भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनाव २०१९ मा पराजीत हुने निश्चित भएसँगै भारतीय काँग्रेसका भारतीय समाचार च्यानल आजतक र एवीपी न्यूजका अनुसार उनले पार्टी संरक्षक सोनिया गान्धी समक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउनु अघि गान्धीले पत्रकार सम्मेलन गरी अमेठीमा आफूले हार ब्यहोरेको स्वीकार गरेका थिए । राहुल गान्धीको अध्‍यक्षतामा लडेको पहिलो लोकसभा चुनावमा कांग्रेसको स्थिति सुधारिनुको साँटो अध्यक्ष स्वयं नै लोकसभा चुनावमा पराजीत भएपछि उनले राजीनामा दिएको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन्।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका गान्धीले केरलामा चुनाव जितेका छन् भने अमेठीमा पूरा मतपरिणाम आउनु पूर्व नै स्वयं भाजपाकी नेतृ स्मृता इरानीसँग पराजीत भएको स्वीकार गरेका हुन् । अहिलेसम्म चुनाव आयोगले यसको नतिजा सार्वजनिक गरिसकेको छैन।

राहुल गान्धीले आफ्नो हार स्‍वीकार गर्दै लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र स्मृतिलाई समेत जीतको बधाई दिएका छन् । गान्धी परिवारको परम्परागत सीटको रुपमा मानिने अमेठीबाट समेत हार बेहोर्नु नै उनको राजीनामाको कारण हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले आँकलन गरेका छन् ।

राहुल गान्धीले पत्रकार सम्मेलनको क्रममा भने यसबारे केही पनि बताएका थिएनन् । उनले भने, मैले चुनाव अभियानमा भनेको थिएँ कि जनता मालिक हुन्। आज जनताले आफ्नो फैसला दिएकाछन् । म पीएम मोदीलाई बधाई दिन्छु । हाम्रो तर्फबाट जो उम्मेदवार बने उनीहरुलाई मत दिनेलाई पनि धन्यवाद दिन चाहन्छु । हाम्रो लडाईं विचारधाराको लडाईं हो। हामीले मान्नै पर्छ कि यो चुनावमा मोदीले जितेका छन् । अमेठीमा स्मृति ईरानीले जितेकी छिन् । म चाहन्छु प्यारले अमेठीका जनताको देखभाल गरियोस् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको जित भनेर प्रतिक्रिया दिए पछि भारतिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि मुख खोलेका छन् । चुनावी दौरानमा मोदीलाई अबको केहि दिनको मात्र प्रधानमन्त्री भनेर कटु आलोचना गरेका गान्धिले अन्तत चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताएका हुन् ।विचारधाराको लडाई जारी रहेको भन्दै उनले विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । तर, अर्को क्षेत्रबाट चुनाव जितेका उनले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताए ।

राहुलको राजिनामा लुकाउँन सोनियाँको चलखेल

भारतीय काग्रेसआइले लोकसभा निर्वाचनमा लज्जासपद पराजय बेहोरे पछि पार्टीका अध्यक्ष राहुल गान्धिले पदबाट राजिनामा दिएका छन् । राहुलले सोनिया गान्धिलाई राजिनामा बुझाएको दावी सहित भारतीय टेलिभिजन च्यानल इण्डिया टीभीले समाचार प्रसारण गरेपछि यस विषयले अहिले भारत भर व्यापक चर्चा पाएको छ ।

राहुलको राजिनामाको विषयमा विभिन्न चर्चा चलिरहँदा स्वयम सोनिया गान्धिले राहुलको राजिनामा लुकाउँन खोजेको समेत चर्चा चलेको छ । लोकसभा चुनावमा हार स्वीकार गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसँगै अध्यक्ष पदबाट राजिनामा दिएको खबर बाहिरिएको छ ।

भारतीय टेलिभिजन च्यानल, इन्डिया टीभीुले स्रोतको हवाला दिँदै राहुलले सोनिया गान्धीलाई राजिनामा बुझाएको समाचार सम्प्रेषण गरेको छ । सोनियाले राहुललाई अहिल्यै राजिनामा नदिन आग्रह गरेकी थिइन् ।

तर राहुलले राजिनामा दिएको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । स्वयं राहुलले मिडियालाई आफूले राजिनामा दिएको बताएका छैनन् । ‘यो मेरो र सीडब्ल्युसी (कांग्रेस वार्किङ कमिटी) बीचको कुरा हो,’ राहुलले भने ।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका राहुलले केरलामा भने चुनाव जितेका छन् ।अमेठीमा पूरा मतपरिणाम आउनु अघि नै आफ्नो प्रतिद्वन्द्वी भाजपाकी स्मृता इरानीसँग हार स्वीकार गरेका गरेका थिए।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १४:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।