Logo

अन्तर्राष्ट्रिय

भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्



भारतीय रेल विकासमन्त्री पियुष गोयल नेपाल-भारत द्धिपक्षीय सम्बन्ध मजबुद हुने र भारतको लोकसभा निर्वाचनमा भाजपाको जीतले अझै सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गोयलले यस्तो बताएका हुन् । उनले भने,‘यो जीत भारतकोमात्रै जीत होईन, नेपालको पनि जीत हो । नेपाल भारत सम्बन्ध सुमधुर हुन्छ ।’

त्यस्तै, भारतीय स्वास्थ्यमन्त्री जेपी नाड्डाले पनि नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध सँधै सुमधुर हुने बताएका छन् । मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका बरिष्ठ नेता शिवनारायण सिंह चौहानले नेपालको राजनीतिक प्रणालीलाई समर्थन गर्ने बताए । उनले भने,“नेपालको गणतन्त्रान्त्रिक व्यवस्थामा हाम्रो कुनै हस्तक्षेप हुँदैन् ।”

भाजपाका प्रवक्ता गोपालकृष्ण अग्रवालले पनि भारतीय लोकसभाको निर्वाचनमा भाजपाको जितलाई नेपालको पनि जीत भएको संज्ञा दिए । उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि झनै प्रगाढ सम्बन्ध हुने विश्वास दिलाए ।

यो पनि पढ्नुहोस् 

‘नेपाल-भारत सम्बन्ध नयाँ शिराबाट अघि बढ्छ, नेपालको विकासमा भारतको साथ छ’

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतमा भारतीय जनता पार्टीको विजयीसँगै अब नेपाल-भारत सम्बन्ध नयाँ आयाममा जाने बताएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा राजदुत आचार्यले यस्तो बताएका हुन् ।

उनले भने,”अब नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध झनै सुमधुर हुन्छ ।” उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको केमेष्ट्री मिलेको पनि स्पष्ट पारे ।

नेपाल र भारत दुवै देशमा यतिवेला राजनीतिक स्थायित्व भएकोले द्धिपक्षीय सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने उनको विश्वास छ । उनले भने, “नेपाल सरकारको तर्फबाट म मोदीजीलाई बधाई दिन चाहन्छु । अब हामीबीचको सम्बन्ध नयाँ युगतर्फ अघि जान्छ । नेपालको विकास र समृद्धिमा भारतको ठूलो सहयोग हुन्छ । नेपालको आन्तरिक राजनीतिमा भारतको कुनै हस्तक्षेप हुँदैन् ।”

नेपाल र भारतबीचको सबैखाले समस्या समाधान गर्नको लागि गठित नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले अब छिट्टै ग्रहण गर्नेपनि उनले जनाए । उनले थपे,”ईपिजीको प्रतिवेदन मोदीले बुझ्नुहुन्छ । यो प्रतिवेदन धेरै राम्रो छ ।”

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १७:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।