Logo

अन्तर्राष्ट्रिय

चुनाव सकिए लगतै प्रधानमन्त्री मोदीलाई आयो इमरान खानको फोन, के-के भयो कुराकानी ?



लोक सभाको चुनाव सकिएलगतै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छिमेकी देश पाकिस्तानका प्रधामन्त्री इमरान खानबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।

फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी ‘भाजपा’ र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले मोदीलाई वधाई दिएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, “दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका थिए।”

दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताए । पाकिस्तानी विज्ञप्तिमा उल्लेख छ ।

“भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए,” भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद)ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।

जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।

मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन् ।

यो पनि पढ्नुहोस् 

बिहारका लालु प्रसाद यादबले पार्टीले हारेपछि खाना खान छाडे


गतसाता सम्पन्न भारतीय लोकसभा चुनावको अन्तिम मत परिणाममा पार्टीले हारेपछि राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव तनावमा छन्।उनी कतिसम्म तनावमा छन् भने नतिजापछि राम्रोसंग सुत्न त नसकेको मात्र होइन, त्यस दिनदेखि खाना खान पनि छाडेका छन्। चिकित्सकहरुको भनाईमा चिन्ताका कारण उनले खाना खान नसकेका हुन्।

बिहारका पूूर्ब मुख्यमन्त्री लालु चारा घोटालामा जेलमा छन्। लोकसभा चुनावमा बिहारमा काँग्रेसलगायतका दलहरुसंग गठबन्धन गरे पनि एक सिटमा पनि सफलता हासिल गर्न सकेन।

याे पनि पढ्नुहाेस्

राहुल गान्धी भन्छन् ‘कंग्रेस नेताहरुले छोराको हितलाई प्राथमिकता दिंदा समस्या आयो’

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीका वरिष्ठ नेताहरुले पार्टी हितभन्दा आफू र आफ्नो नजिककाहरुको हितलाई प्राथमिकता दिंदा समस्या आएको बताएका छन्।

कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरुलाई पार्टीको हित भन्दा पनि माथि राखेको भन्दै गान्धीले असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

कंग्रेस नेता ज्योतिरादित्य सिंधियाले कांग्रेसमा स्थानीय स्तरमा सक्रिय र बलियो नेताको खाँचो रहेको बताएपछि राहुलले यस्तो प्रतिक्रिया दिएका हुन्।

राजस्थान र मध्यप्रदेश जस्ता पार्टीको सरकार रहेको राज्यमा पनि लोकसभा चुनावमा कंग्रेस पराजित हुनुको कारण स्थानीय नेताहरुको कमजोरी रहेको राहुलको भनाई छ।

मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतका छोरालाई टिकट दिन नहुनेमा आफू स्पष्ट भए पनि उनीहरुका बाबुको दबाबका कारण बाध्य भएको राहुलले स्पष्टिकरण दिएका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ०१:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।