नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले गुल्मीको जनजीवन समेत प्रभावित बनेको छ । गुल्मीमा विहानै देखि बन्दको उच्च प्रभाव देखिएको छ ।सदरमुकाम लगायत आसपासका क्षेत्रहरुमा फ्याट्ट फुट्ट रुपमा मोटरसाईकल चलेतापनि जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरिका कुनै पनि सवारीसाधन चलेका छैनन् ।
आकस्मिक सबारीका साधनभने निर्वाद रुपमा चलिरहेका छन् । सदरमुकाम तम्घास लगायतका जिल्लाका अन्य बजार समेत पुर्ण रुपमा बन्द रहेका छन् । सरकारी कार्यालयहरु खुलेका भएपनि सेवाग्राही को उपस्थिती अत्यन्तै न्युन रहेको छ ।
शिक्षण संस्था मा पठन पाठन कार्य सञ्चालन हुन सकेको छैन् । प्रहरीले सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको र आवतजावत गर्ने नागरिकहरुलाई विशेष निगरानीमा राखेको छ ।
बन्दको पुर्वसन्ध्यामा काठमाण्डौं लगायत विभिन्न जिल्लामा भएको बम बिष्पोटनको समाचारले पनि बन्दको प्रभाव वडि परेको र नगरीकहरुमा त्रास वडेको सर्वसाथारणको भनाई रहेको छ भने कुनै पनि दल वा संघसंस्थाले अब बन्दको विकल्प खोज्नुपर्ने र सर्वसाधारण लाई दुःख हुने कार्यगर्न नहुने पनि बताएका छन् ।
जिल्लामा हालसम्म अप्रिय घटना नघटेको र कुनै भौतिक तथा मानविय क्षति नभएको प्रहरी स्रोतले जनाएको छ ।




















प्रतिक्रिया