एन.आई.सी एशिया बैंक र ग्रिनसिटी हस्पिटल, स्टार हस्पिटल तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एन।आई।सी एशिया बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०५ सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १०५ सम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५५ सम्म छुट प्राप्त गर्न सक्नेछन ।
बैंकले हाल मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा दिदै आएको छ ।




















प्रतिक्रिया