लोक सभा निर्वाचन २०१९ मा भारतीय जनता पार्टी नेतृत्वको एनडीएले शानदार जीत हासिल गरेपछि नरेन्द्र मोदीको प्रशंसा गर्ने केरलाका कांग्रेस नेता एपी अब्दुल्लाकुट्टीलाई पार्टीले सोमवार निष्काशन गरेको छ । लोकसभा चुनावमा देशभर कांग्रेसले लज्जास्पद पराजय बेहोरेको थियो तर केरलामा राम्रो प्रदर्शन गरेको थियो । तर केरालामा अब्दुल्लाकुट्टीलाई मोदीको प्रशंसा गर्नु यतिबेला भारी बनेको छ ।
भारतीय राष्ट्रिय कांग्रेसले उनलाई आफ्नै पार्टीबाट तत्काल निष्कासन गरेको छ । उनले केही दिनअघि आफ्नो फेसबुकमा लेखेरै मोदीको प्रसंशा गरेका थिए ।
एनडीएको जितले मोदीको विकासका मुद्दाहरूको स्वीकार्यता जनाएको छ र उनको सफलताको राज के हो भने उनले गान्धीवादी मान्यतालाई अपनाए, उनले फेसबुकमा लेखेका थिए । जब पार्टीले यसबारेमा जवाफ माग्यो, तब उनले उपहासपूर्ण जवाफ दिएका थिए ।
कांग्रेसको केरल एकाइले एक विज्ञप्ति जारी गर्दै अब्दुल्लाकुट्टीले पार्टी हित र कार्यकर्ताको भावनाको विरुद्धमा बयान दिएर आफ्नो पार्टीविरुद्ध काम गरेको बताएको छ ।
उनले मिडियाको माध्यमबाट कांग्रेस वरिष्ठ नेताहरूको विरुद्धमा आपत्तिजनक बयानबाजी गरिरहेका थिए, उक्त विज्ञप्तिमा उल्लेख छ, उनले पार्टी अनुशासन पालना गरेका थिएनन् । यो परिस्थितिलाई मध्यनजर गर्दै उनलाई पार्टीबाट तत्काल निष्काशन गरिएको छ ।
पहिला दुईपटकसम्म कम्युनिस्ट पार्टीको सांसद रहिसकेका अब्दुल्लाकुट्टीले २००९ मा गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीको प्रशंसा गरेकै कारणले निकालिएको थियो । त्यसपछि उनी कांग्रेसमा लागेका थिए । यसपटक पनि उनले मोदीको तारिफ गरेकै कारणबाट पार्टीबाट निष्कासनको सजाय पाएका छन् ।
छुटाउनु भयो की ?
मोदी प्रधानमन्त्री भएपछि नेपालीमाथि भारतको दोश्रो दादागिरी
भारतमा लोक सभा चुनाबपछि नरेन्द्र मोदी दोश्रो पटक प्रधानमन्ञी बनिसकेका छन् । प्रधामन्त्री बनेपछि नेपालमाथि भारतले नेपालमाथि दोश्रो दादागिरी देखाएको छ । सुदुर पश्चिमको लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुंगे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो ।
नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारीले पुलका लागि स्वीकृत दिइएको छैन । पटक पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति नदिँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । गत पुसमा निर्माण व्यवसायीले पुल निर्माण सम्पन्न भएको जानकारी गराएको हो ।
‘महाकाली नदीमा दिनहुँ पानी बढेको छ, अहिले ट्युबबाट वारपार गर्नसमेत जोखिम बढेको छ’, स्थानीय माधवप्रसाद जोशीले भने, ‘बर्खा शुरु हुन थाल्यो, पुल सञ्चालन गर्नमा ढिलाइ गरिएको छ ।’ अहिलेको समयमा ट्युबमार्फत् वारपार गर्दा कुनै घटना घटिहाले त्यसको जिम्मेवारी नेपाल भारत दुवै सरकारले लिनुपर्छ ।
‘सर्वसाधारणलाई नेपाल–भारत आवतजावत गर्न ट्युब विस्थापन गरेर झोलुङ्गे पुल निर्माण भयो’, जोशीले भने, ‘तर, पाँच महीना भइसक्यो, ताला खुलेको छैन, माथि पुल छ ।’ स्थानीयले झोलुङ्गे पुलको मुनि ९तल०जोखिम मोलेर ट्युबमा वारपार गर्नुपरेको उनले बताए ।
अर्का स्थानीय लीला पुजाराले भने, ‘कसका कारणले पुलमा हिँड्न रोक लगाइएको हो जानकारी चाहिन्छ, नदी बढेको समयमा वारपार गर्न सकिँदैन, हाम्रो दैनिक उपभोग्य सामानदेखि बिरामी हुँदा त्यहीबाट वारपार गराउनुपर्ने बाध्यता कहिलेसम्म रहन्छ ।’ नेपालले झण्डै चार लाख लागतमा भारतीय पक्षको क्षेत्रमा पोष्ट निर्माण, तटबन्ध र बाटो बनाउनमा खर्च गरेको छ ।
‘भारत सरकारले कहिले नेपालको बजेटमार्फत् पोष्ट, तटबन्ध बाटो बनाइदे भन्छ, कहिले कागज प्रक्रिया पुगेन भनेर अलमल्याउँछ’, उनले भने, ‘जनतालाई मर्का हुने गरी काम गर्न पाइँदैन ।’ ट्युब विस्थापन गर्ने भन्दै निर्माण गरिएको झोलुङ्गे पुलमा ताला लगाउँदा अहिले पनि बिरामीले सास्ती भोगेका छन् । गत पुस पहिलो साता लालीस्थित छिरबिलामा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न गरिएको थियो ।
‘पुल निर्माण भएपछि स्थानीयका दुःखका दिन गए सोचेका थियौँ’, स्थानीय तारा भण्डारीले भने, ‘तर पाँच छ महीनासम्म पनि झोलुङ्गे पुलमार्फत् आवतजावत गर्न दिइएको छैन, अझै नागरिकले कति दुःख पाउने हुन्, नदीको बहाव बढ्दै गएको छ, नदी बढेपछि ट्युब चलाउन समस्या हुन्छ ।’
यहाँ सञ्चालन हुँदै आएको ट्युब विस्थापन गर्न भन्दै विसं २०७३ असोज ४ गते कूल एक करोड ३२ लाख लागतमा मनोमालिका कन्सटक्र्सन निर्माण सेवाले पुल निर्माणको सम्झौता गरेको थियो । सो पुल निर्माण गरिएपछि लेकम र मालिकार्जुनका अधिकांश स्थानीयका लागि सहज हुने थियो तर अहिलेसम्म पुल सञ्चालन नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।
लेकम गाउँपालिका–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले भने, ‘धेरै पटक जनता पुलको ताला काट्छौँ, आन्दोलन गर्छौं भन्छन्, अहिलेसम्म स्थानीयलाई रोकिएको छ तर अझै ढिला हुने हो भने जिम्मेवारी लिन सकिँदैन ।’ विसं २०४८ सालबाटै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७र२८ वर्षपछि पुल देखे पनि आवतजावत गर्न नपाउँदा निरास छन् । जिल्ला प्रशासन कार्यालयले समेत पटक–पटक लिखित तथा मौखिकरुपमा भारतीय पक्षलाई पुलमा नियमित आवत जावतका लागि स्वीकृति दिन माग गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
नयाँ आएका डिएमलाई समेत पुलको निरीक्षण तथा आवश्यक कागजात दिई सकिएको उनले जानकारी दिए । उनले आफूले अहिले पनि नियमितरुपमा पुलका लागि घच्घच्याउने काम गरिररहेको बताए । बिरामी बोकेरै पिथौरागढ लेकम–३ का ६८ वर्षीय केशवदत्त पन्त मंगलबार बिरामी भएपछि स्वास्थ्यचौकी लालीमा उपचार सम्भव भएन् ।
मुटु रोगका बिरामी पन्तलाई ट्युबबाट भारत लिन सकिने अवस्था थिएन । नदी निकै बढेको थियो । नेपालतिर सडक निर्माण भइसकेको छैन । महाकाली करिडोर निर्माणाधीन अवस्थामा छ । स्थानीयको विगतदेखि नै मान्छे बिरामी हुँदा त्यही भारतीय स्वास्थ्य संस्थामा लिने गरिएको छ । स्थानीयले नदीमा ट्युबमार्फत् वारपार गर्न नसक्दा पन्तलाई पिठ्युमा बोकेर पिथौरागढ उपचारमा लगिएको स्थानीय माधवप्रसाद जोशीले बताए ।
लालीका स्थानीयलाई चौलानी नदीको पुल शेरासम्म पुग्नै चार पाँच घण्टा लाग्छ । त्यहाँबाट पनि बैतडीको झुलाघाटसम्म बोकेरै लग्नुपर्ने बाध्यता छ । ’बैतडी झुलाघाट हुँदै पिथौरागढ अस्पताल लगियो, सामान्य बिरामी हुँदा यहाँका स्थानीयले सास्ती भोग्नुपरेको छ, गर्भवती महिला होस् वा बिरामी सजिलै अस्पताल पुग्ने अवस्था छैन’, उनले भने ।
प्रधानमन्त्रीले पाए डाक्टरको उपाधि
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा। शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाएको छ ।
उपाधी ग्रहण पछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताएका छन् । ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । ‘कोरिया सही नीति, सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि प(यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’
क्रिश्चियन धर्म प्रवद्र्धन गर्ने विश्वविद्यालय
प्रधानमन्त्रीले मानार्थ विद्यावारिधिको उपाधि पाएको विश्वविद्यालय क्रिश्चियन धर्म फैलाउन खोलिएको पाइएको छ ।
प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालयले मूल मन्त्रको रूपमा सत्य, स्वतन्त्रता, समानता र कल्याण तथा क्षमतायुक्त व्यक्तिलाई महत्व दिने जसले स्वर्गको पूजा र मानवजातिको सरंक्षण र क्रिस्चियानिटी ९इसाइकरण०को भावना र मानवीय हिसाबले समाज र समग्र मानवजातिको लागि काम गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री बन्नसाथ नेपालमाथि मोदीको पहिलोपटक यस्तो दादागिरी
भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर९कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुवानमा परेको छ ।गोवरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् ।
भारतीय पक्षले एकतर्फी रुपमा तीन वर्षदेखि खन्दै आएको पाइलट च्यानलमा पानी छाडेको हो । नगरप्रमुख शैलेसकुमार साहले शुक्रबार साँझबाट गोबरगाढा आउन र जान नसकिएको बताए । ‘पानी छाड्ने भएपछि पूर्वसूचना जरुरी थियो’, उनले भने । गोबरगाढामा तीन सय हाराहारीको बसोबास रहेको वडाअध्यक्ष विन्देश्वरी यादवले बताए ।
‘शुक्रबार नगरपालिका कार्यालय आएकाहरु साँझ घर फर्किन लाग्दा गोबरगाढा पश्चिमको भँगालोमा ठूलो बेगसहित पानीको बहाव थियो’, वडाध्यक्ष यादवले भने, ‘केही पुरुष पौडी खेल्दै ज्यान जोखिममा पारेर बस्तीतर्फ गए, महिलाहरु यतै बस्नुप¥यो ।’ नगरप्रमुख साहले ७०–८० किलोमिटर प्रतिघण्टाका दरले च्यानलमा पानी बगिरहेको बताए ।
भारतीय पक्षले कोसीको भारततर्फ रहेको पूर्वी तटबन्धलाई मजबुत पारी पानीलाई पश्चिमी तटबन्धसँग टाँसिने गरी पाइलट च्यानल बनाएको छ । भारतले नेपाली पक्षलाई थाहै नदिई उक्त पाइलट च्यानल खन्न थालेको हो आजको कान्तिपुर दैनिकमा समाचार छ ।
चुनाव सकिए लगतै प्रधानमन्त्री मोदीलाई आयो इमरान खानको फोन, के-के भयो कुराकानी ?
लोक सभाको चुनाव सकिएलगतै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छिमेकी देश पाकिस्तानका प्रधामन्त्री इमरान खानबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।
गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।
फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी ‘भाजपा’ र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले मोदीलाई वधाई दिएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, “दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका थिए।”
दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताए । पाकिस्तानी विज्ञप्तिमा उल्लेख छ ।
“भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए,” भारतीय विदेश मन्त्रालयले भनेको छ ।
पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह ९जैश–ए–मोहम्मद०ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।
जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।
मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन् ।
यो पनि पढ्नुहोस्
बिहारका लालु प्रसाद यादबले पार्टीले हारेपछि खाना खान छाडे
गतसाता सम्पन्न भारतीय लोकसभा चुनावको अन्तिम मत परिणाममा पार्टीले हारेपछि राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव तनावमा छन्।उनी कतिसम्म तनावमा छन् भने नतिजापछि राम्रोसंग सुत्न त नसकेको मात्र होइन, त्यस दिनदेखि खाना खान पनि छाडेका छन्। चिकित्सकहरुको भनाईमा चिन्ताका कारण उनले खाना खान नसकेका हुन्।
बिहारका पूूर्ब मुख्यमन्त्री लालु चारा घोटालामा जेलमा छन्। लोकसभा चुनावमा बिहारमा काँग्रेसलगायतका दलहरुसंग गठबन्धन गरे पनि एक सिटमा पनि सफलता हासिल गर्न सकेन।




















प्रतिक्रिया