Logo

समाचार

एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना



ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।