Logo

प्रमुख समाचार

बुधबार देशभर सार्वजनिक बिदा



नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

ख्याल गर्नुस है भोली सबै तिर छैन नी ! सार्वजनिक विदा

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा प्रदेश नम्बर २ सरकारले जेठ २२ गते बुधवार प्रदेश २ भरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । केन्द्र सरकारले पनि जेठ २३ गते नेपालभर विदा दिने निर्णय गरेको छ ।

जेठ २२ गतेको विदा भने प्रदेश नम्बर २ मा मात्र हुने छ भने २३ गतेको विदा देशैभर हुने छ । प्रदेश नम्बर २ मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन् ।

त्यस्तै, केन्द्र सरकारको गृह मन्त्रालयले पनि २३ गते विहिबार देशभर विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्री परिषदको बैठकले २३ गते विदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।