Logo

स्वास्थ्य

२४ घण्टामा देशभर १ हजार ४ सय ९० जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।