Logo

प्रमुख समाचार

नेकपा सांसद मानन्धरको चेतवनी : गुठियारलाई सामन्ती भन्ने मन्त्री बाँस्कोटाको दिनगन्ति सुरु भयो, राजीनामा नदिए…



नेकपाका नेता तथा सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित विशेष बहसमा सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजीनामा दिनुपर्ने बताएका हुन् । सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ, त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्, उनले भने ।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । ‘सञ्चारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस्’, उनले भने । मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी समेत मानन्धरले दिए ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।

साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने उनको भनाइ थियो ।

विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने भन्दै प्रधानले मन्त्री बाँस्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए ।

त्यस्तै पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाव दिँदै टण्डनले गुठी भनेका पूर्वजहरुले गुठियारहरुलाई संरक्षण गर भनेर दिएको सम्पत्ति भएको बताए ।

गुठी विधेयक विरुद्ध यंगालमा सिठ्ठी जुलुस

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्धमा सम्पदाप्रेमीहरुले सिठ्ठी जुलुस निकालेका छन् । लामो समयदेखि चरणबद्ध आन्दोलन गर्दै आएका काठमाडौंका सम्पदाप्रेमीहरुले शनिबार सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार विहान ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरेका उनीहरुले शनिबार साँझ सिठ्ठी जुलुस निकालेका हुन् । उनीहरुले साँझ ६ बजे यंगालमा जम्मा भएर घण्टी बजाउँदै उपाकु मार्ग परिक्रमा गरेका थिए ।

ज्यापू महागुठी अन्तर्गतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्नेगरी गुठी विधेयक ल्याईएको भन्दै विरोध गर्दै आएका छन् ।

गुठियारलाई सामन्ती भन्ने मन्त्री बास्कोटाले राजिनामा दिनुपर्छ : रामवीर मानन्धर

नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन्। आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पंरथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन्।

“सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस्। प्रवक्ता जनताको हो। धेरै ठूलो स्वरले बोल्ने होइन। ” उनले भने।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ। “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस्।” उनले भने।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए। “आज गुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ।” मानन्धरले भने। मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो।

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्दधरले दिएका छन्। “म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ। यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो।” उनले भने।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ। बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ। साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए।

कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो। विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो। प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए।

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे।

६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए। ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे।

“गुठी विधेयक फिर्ता गर्नुपर्छ। फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ। ४ गतेपछि के हुन्छ हेर्दै जानुस्।” प्रधानले भने। साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए।

गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिएका छन्। “गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो।” टण्डनले भने।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।