चालु आर्थिक वर्ष २०७५-७६ को तेस्रो त्रैमासमा कमजोर वित्तीय विवरण सार्वजनिक गरेको सिटिजन्स बैंक इन्टरनेसनल यतिबेला समस्यामा परेको हो । नेपालमा सञ्चालित २८ वाणिज्य बैंकहरु मध्ये कमजोरको सूचीमा पर्न सफल यस बैंकको हालत कस्तो छ भन्ने पछिल्लो वित्तीय अवस्थालने पुष्टि गर्छ ।
अझ निस्क्रिय कर्जा लगातार बढेको बढै गर्दा बैंक यतिबेला समस्यामा फसेको छ । बैंक श्रोतबाट अनलाइनपानालाई प्राप्त जानकारी अनुसार निस्क्रिय कर्जा बढेकै कारण बैंकका व्यवस्थापन समूह यतिबेला तनाबमा छ ।
बैंक श्रोतले दिएको जानकारी अनुसार पछिल्लो वित्तीय विवरणमा निस्क्रिय कर्जा ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको यस्तो कर्जा १ दशमलव ४६ प्रतिशत थियो अहिले शून्य दशमलव १५ प्रतिशतको हारहारीमा बढोत्तरी भएको छ ।
बैंकको सीईओको भूमिकामा गणेशराज पोखरेल छन् । यस अघि डेपुटी सीईओ रहेका पोखरेलले बैंकको नेतृत्व लिएको लामो समय भएको छैन । तर निस्क्रिय कर्जा बढ्दा असफल सीईओको रुपमा स्थापित हुनुपर्ने चिन्ता उनलाई परेको बैंककै उच्च श्रोतको दावी छ ।
अन्य प्रगति पनि बैंकको उत्कृष्ट भन्न लायक छैन । पछिल्लो वित्तीय विवरण अनुसार बैंकले २९ करोड ९२ लाख ५५ हजार रुपैयाँमात्रै खुद नाफा बढाएको छ । दोस्रो त्रैमाससम्म ७७ करोड ३ लाख खुद नाफा कमाएको यस बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६ करोड ९६ लाख एक हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब ९८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले ५.९१ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।
एनएफआरएस प्रतिवेदन अनुसार एक अर्ब ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले ६६ करोड ९६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । जुन खुद नाफाभन्दा ४० करोड ९० लाख कम हो ।
समीक्षा अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलनको विस्तारमा औसत प्रगति मात्र छ । गत चैत मसान्तको तुलनमा ८.६१ प्रतिशतले निक्षेप संकलन विस्तार गरेर ६५ अर्ब ९२ करोड निक्षेप संकलन गरेको बैंकले कर्जा प्रवाहतर्फ ९.७५ प्रतिशत धेरै ६१ अर्ब २ करोड बराबरको कर्जा लगानी गरेको छ ।




















प्रतिक्रिया