भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिस (लू) का कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको छ । “श्रीकृष्ण मेडिकल कलेज (अस्पताल)मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख डा सुनिल कुमार सिंहले भने ।
औरंगाबादमा सबैभन्दा बढी ६३ जनाको मृत्यु भएको जनाइएको छ । मुजफ्फरपुरको केजरीवाल हस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
विहारका मुख्य मन्त्री नितिशकुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गरेका छन् । उनले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई चार लाख रुपैँया दिने घोषणा पनि गरेका छन् ।
उनले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएका छन् । टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन् ।
जुन २२ शनिवारसम्म सबै विद्यालयहरुमा छुट्टी दिइएको छ । प्रभावित क्षेत्रहरुमा धारा १४४ लगाइएको छ । यसले दिनको समयमा भीड जम्मा गर्न रोक लगाएको छ । मौसम विभागले थप दुई तीन दिन मौसममा परिवर्तन नआउने बताएको छ । राहत आउने सम्भावना नभएकाले विभागले सचेतना अपनाउन आग्रह समेत गरेको छ ।
यसैबीच चिनियाँ प्रविधि कम्पनी ह्वावेईका संस्थापक रेन जेङ्फीले ह्वावेईका मोबाइल फोनहरूको अन्तर्राष्ट्रिय विक्री गत महिना ४० प्रतिशतले घटेको बताएका छन्।अमेरिकासँग उक्त कम्पनीको बढेको तनावका बिच कम्पनीका संस्थापकले त्यसो बताएका हुन्।
कम्पनीको मुख्यालयमा बोल्दै रेनले आफ्ना उत्पादनमा वार्षिक ३० अर्ब अमेरिकी डलरले कटौती गर्ने बताए।नयाँ अमेरिकी कानुनहरूका अनुसार अमेरिकी वा अमेरिकी प्रविधि प्रयोग गर्ने कम्पनीहरूले ह्वावेईसँग काम गर्न पाउने छैनन्।
दूरसञ्चार उपकरण उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो र र स्मार्टफोनको दोस्रो ठुलो उत्पादनकर्ता ह्वावेईले सुरक्षा जोखिम सिर्जना गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।ह्वावेईले भने त्यसलाई अस्वीकार गर्दै आरोप लगाइए जसरी आफ्नो सूचना प्रणालीमा चीन सरकारको नियन्त्रण नहुने बताएको छ।
सन् २०१९ र २०२० मा उसको विक्री एक सय अर्ब डलरमा सीमित हुने अपेक्षा गरिएको छ। यसअघि ह्वावेईले सन् २०१९ मा विक्रीको प्रक्षेपण झन्डै १२५ अर्ब डलर बराबरको गरेको थियो।यद्यपि सन् २०२१ सम्ममा कम्पनी आफ्नो पुरानै ऊर्जासाथ ब्युँतने रेनले बताएका छन्। स्मार्टफोनको विक्री विश्वभर उल्लेख्य रूपमा घटे पनि, चीनमा त्यो निकै बढिरहेको उनको भनाई थियो।
यसअघि भने उनले अमेरिकी प्रतिबन्धले ह्वावेईलाई ठूलो असर नपार्ने बताउँदै आएका थिए। आफ्नो कम्पनीलाई निकै नराम्ररी बिग्रिएको हवाईजहाजसँग तुलना गरेका उनले कम्पनीको अनुसन्धान तथा विकासतर्फको रकम भने कटौती नगर्ने बताए।
अमेरिकाले लिएको पछिल्ला कदमका कारण विश्वभरका प्रविधि कम्पनीहरू ह्वावेईसँगको सम्बन्धमा पछाडि हट्न बाध्य भएका थिए। ब्रिटेनले भने ह्वावेईमाथि अहिलेसम्म कुनै औपचारिक प्रतिबन्ध लगाएको छैन।




















प्रतिक्रिया