प्रधानमन्त्री केपी ओलीले पत्रकार ऋषि धमलालाई मंगलबार राम्रो डोज दिएका छन् । संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको अवरोधका कारण बोल्न नपाएर साँझ ५ बजे सिँहदरवारबाटै पत्रकार सम्मेलन गरेर जनताका माझमा आफ्ना कुरा राख्न राख्न बाध्य भएका ओलीको रिसको झोकमा मंगलबार पत्रकार धमला राम्रैै सँग फेला परेका छन् ।
सिंहदरवारमा पत्रकार सम्मेलन सकिए लगत्तै पछाडिबाट सम्मानीय प्रधानमन्त्री ज्यू भन्दै प्रश्न सोध्न तम्सिएका धमालालाई ओलीले रोक्दै गुठि विधेयकले नेपाली संस्कृतीको घाँटी रेटेको छ भन्दै तपाईले भनेको होइन ? भन्दै प्रश्न गरेका थिए ।
ओलीको अनपेक्षीत जवाफले रातोपिरो भएका धमला एक छिन त अक्क न बक्क भए । एकै छिन पछि मैलै त्यसो भनेको छैन प्रधानमन्त्री ज्यू भन्दै धमलाले माहोल बनाउँन खोज्दै थिए तर ओलीले विचमै धमलालाई रोक्दै किन छैन ? मेरा यी आँखाले टिभीमा हेरको छु ढाँट्ने भन्दै सातो खाए । ओलीले सातो खाए पछि रुनु न हाँस्नु भएका धमला हास्दैँ टोलाउँन थाले भने प्रधानमन्त्री ओली धमलालाई त्यति डोज दिएर आफ्नो बाटो लागे ।
धमला पनि के कम देखाए आफ्नो दम
नेपाली राजनितीमा हट केक विषय बनिरहेको कुरा हो तत्कालिन एमाले र माओवादी केन्द्र विच पार्टी एकता हुँदा केपी ओली र प्रचण्ड विच भएको गोप्य सहमतीको खुलासा । गोप्य भनेको सहमती बाहिर आए पछि नेपालमा राम्रै तरंग भयो । नेपाली मिडियाले उक्त बिषयलाई निकै हट केक बिषयको रुपमा चर्चामा ल्याए । देशमा ठुलै तरंग ल्याएको विषय ओली र प्रचण्ड दुवैले भने यो कुनै नौलो बिषय नभएको तर अनावश्यक रुपमा उचाल्न खोजिएको बताएका छन् । खासमा यो विषय आउँनुको मुख्य चुरो के हो त ? प्रचण्ड ओलीले गरेको भनिएको गोप्य सहमती पहिलेनै सार्वजनिक भैसकेको थियो तर त्यसको कसैले चाल पाएनन् ।
पूर्व माओवादी पृष्ठभुमीका एबीसी टेलिभिजनका साहु शुभशंकर कँडेलले आफ्नो एक पुस्तक मार्फत सहमतीको पत्र पहिलेनै बाहिर ल्याएका थिए तर कँडेलको किताब कसैले नपढेका कारण उक्त कुरा बाहिर आएन । जब पत्रकार ऋषि धमलाले गणतन्त्र दिवसका दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग अन्तवार्ता गरे त्यस अन्तर्वातमा प्रचण्डले सबै कुरा खुलस्त पारे पछि नेपाली राजिनिती तरंगित भयो । प्रचण्डले आफुले ओलीसँग गरेको सहमती कुनै नौलौ नभएको, किताबमै छापीएर आइसकेको बताएका थिए ।
संयोग चाँहि कस्तो भने प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन दिल्ली गएकै बखत प्रचण्डको अन्तवार्ता प्रकारीत भयो र निकै हल्लीखल्ली नै भयो । सत्ता भागबण्डाको कुरा आएकाले अहिलेनै केपी सरकार ढल्न लागेको जसरी पनि चर्चा गरियो । प्राइम टेलिभिजनका लागी ऋषि धमलाले लिएको अन्तवार्ताको वरिपरी सिँगो देश घुम्यो । सितिमिती हाइप्रोफाइल नेताहरु जो पायो त्यहि सँग अन्तवार्ता दिँदैनन् । ऋषि एक मात्र त्यस्ता पात्र हन् जसका लगी जुन सुकै तहका नेता पनि जति सुकै बेला पनि तयार भैहाल्छन् । धमलाकै अन्तवार्तालाई लिएर अन्य मिडियाले पनि समाचार तयार पारेका थिए ।
यता प्रचण्ड सँगको अन्तवार्ताका कारण केपी सरकारलाईनै अस्थिर बनाएका धमलाले आफ्नो पावर फेरि पनि देखाएका छन् । प्रचण्ड सँगको अन्तवार्तामा उठेका सवालको जवाफ ओलीले धमलालाई नै अन्तवार्ता दिएर गरेका छन् । भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सरिक भएर नेपाल फर्किएका प्रधानमन्त्री ओली विमानस्थलमा पत्रकारलाई कुनै जवाफ नदिइ सिधै बावुवाटा गए, यसको राज त बल्ल पो खुलेको छ, किनकी धमलालो विमानमै ओली सँग अन्तवार्ता गर्न भ्याइसकेका रहेछन् ।
चतुर ओलीले सायद नेपाली मिडियालाई घुमाउरो पाराले सबक सिकाए । सबैले धमलाको अन्तवार्ता सुनेरै समाचार बनाउँने भए सबैको अगाडी किन बोल्नुरु धमलाको अन्तवार्ता सुनेर नै समाचार बनाउँनु भने जसो गरी ओली सुटुक्क बालुवाटार गए । विमानस्थलमा गएर जनता जान्न चाहन्छन् भन्ने धमलाले विमान भित्रै छिरेर जनता जान्न चाहन्छन् भने पछि अरु पत्रकार हेरेको हेरै भए ।
भारतमा लोकसभा निर्वाचनको परिणामा आउँने बेलामा भारतमै पुगेर लगातार सामाचार संप्रेषण गरेका धमलाले एकाएक नेपाल आएर आफ्नो पावर देखाएका छन् । कतिपय आलोचकहरुले उनलाई दिल्लीको नजिकको मान्छे भनेर पनि भन्छन् । धमला राम्रै आलोचनाको सिकार पनि भइरहन्छन् जति आलोचना गरे पनि सबै जना फेरि धमलासँग नतमस्तक नै बन्ने धमलाको जादु के हो बुझ्न सकिएको छैन । केहि दिन लगातार नेपालको राजनिति आफ्नो केन्द्रमा घुमाउँन सफल धमलाले अब के गर्छन् हेर्न बाँकी छ ।




















प्रतिक्रिया