त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुडिरहेको गाडीमा एका एक आगलागी भएको छ । शनिबार दिउँसो करिब ४ बजे ताहाचलबाट आफन्त लिन विमानस्थल पुगेका २८ वर्षीय रितेश श्रेष्ठले चलाएको गाडीमा आगलागी भएको प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिए ।
आफन्त लिन पुएका श्रेष्ठले चलाएको बा ५ च ८३९५ नम्बरको गाडी गोल्डेन गेटभित्र करिब ५० मिटर अगाडि पुगेपछि आगलागी भएको प्रहरीले जानकारी दिएको हो । आगलागी भएपछि नजिकै रहेको प्रहरी कार्यालयका प्रमुख भण्डारीको नेतृत्वमा वारुण यन्त्र तथा अग्नी नियन्त्रण र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी हुँदा गाडीको इञ्जिनमा केही क्षति पुगेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया