Logo

अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पमाथि जर्बजस्ती करणीको आरोप



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौनकाण्डमा मुछिएका छन् । उनीमाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । ट्रम्पले आफूलाई २० वर्ष अघि न्युयोर्कस्थित मानहाट्टन डिर्पाटमेन्ट स्टोरमा यौन दुव्र्यवहार गरेको भन्दै इ। जित केरोलले खुलासा गरेकी हुन् । लेखन क्षेत्रमा सक्रिय केरोलले यौन दुव्र्यवहारको वृस्तृत घटना शुक्रबारको न्युयोर्क म्यागाजिनमा प्रकाशित गरेकी छिन् ।

ट्रम्पले आफूलाई ड्रेसिङ रुममा हमला गरेको दाबी गरिन् । ट्रम्पले टाउको भित्तामा ठोक्काइदिएको, कपडा खोलेर छेदन गरेको उल्लेख गरेकी छिन् । केही समयपछि ट्रम्पलाई घचेटेर भाग्न सफल भएको बताइन् ।

आफू लामो समय मौन बसेको भन्दै उक्त घटना महिलालाई भविष्यमा कुनै पुरुषले दुव्र्यवहार गर्न नसकुन् भनेर खुलासा गरेको बताएकी छिन् । उनले भनेकी छिन्,‘म आफूलाई दोषी सम्झन्छु, म त्यतिबेला निकै त्रसित थिएँ ।’हाल ७५ वर्ष पुगेकी केरोलले आफ्ना दुईजना निकट साथीहरुलाई उक्त घटनाबारे भनेको बताइन् । उनका साथीले घटनाबारे आफूलाई जानकारी भएको बताइन् ।

ट्रम्पले उक्त आरोपलाई झुटा भनेका छन् । उनले स्टोरमा भिडियो फुटेज वा प्रत्यक्षदर्शी किन भएनन् भनी प्रश्न गरेका छन् ।ट्रम्पले भनेका छन्,‘मैंले व्यक्तिगत जीवनमा उक्त व्यक्तिसँग भेटेको छैन ।’ आफ्नो नयाँ पुस्तक बिकाउन कथा बुनेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।